खानेपानीलाई प्राथमिकतामा राखेर धरानले ल्यायाे १ अर्ब ७१ कराेडकाे बजेट
विराटनगर । धरान उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि १ अर्ब ७१ करोडको बजेट सार्वजनिक गरेको छ ।
बजेटमा खानेपानीसँगै पूर्वाधार विकास, पर्यटन, कृषि, शिक्षा, स्वास्थ्य तथा सामाजिक विकास र विपद् व्यवस्थापनलाई प्राथमकितामा राखिएको छ ।
उपमहानगरपालिकाको १३औं नगरसभामा उपमेयर अइन्द्रविक्रम बेघाले आर्थिक वर्ष २०८०/८१ को बजेट तथा कार्यक्रम प्रस्तुत गर्दै आन्तरिक राजस्वबाट ४२ करोड ७२ लाख ६ हजार, संघीय सरकार अनुदानबाट ९० करोड २ लाख, प्रदेश सरकार अनुदान ४ करोड १ लाख ९२ हजार, संघीय राजस्व बाँडफाँटबाट २० करोड १३ लाख १२ हजार, प्रदेश राजस्व बाँडफाँटबाट १४ करोड १० लाख ९० हजार प्राप्त हुने अनुमान गरेको बताए ।