मकवानपुरका स्थानीय तहको बजेट : घर उपहारदेखि मदिरा र गुट्खा निषेधसम्म – Nepal Press

मकवानपुरका स्थानीय तहको बजेट : घर उपहारदेखि मदिरा र गुट्खा निषेधसम्म

हेटौंडा । मकवानपुरका स्थानीय तहहरुले आज बजेट सार्वजनिक गरेका छन् । १० वटा स्थानीय तह रहेको मकवानपुरका स्थानिय तहले घर उपहार दिने देखि मदिरा, गुट्खा निषेध लगायतको कार्यक्रमसहित बजेट सार्वजनिक गरेको हो ।

गत असार २ मा हेटौंडा उपमहानगरपालिकाले २ अर्ब ६० करोडको बजेट सार्वजनिक गरेको थियो । हेटौंडाले भौतिक पुर्वाधारको कार्यक्रमलाइ उच्च प्राथमिकतामा राखेपनि बागमती गाउपालिका बाहेक अन्य ८ वटा स्थानीय तहले भने कृषिलाई प्रमुख प्राथमिकतामा राखेर बजेट तथा नीति कार्यक्रम आज सार्वजनिक गरेका हुन । बागमतिले भने १५ गतेभित्र बजेट ल्याउने भएको छ ।

पश्चिम मकवानपुरको राक्सिराङ गाउँपालिकाले पालिका क्षेत्रमा बसाइँ सरेर आउने परिवारको लागि २ कोठाको घर निर्माण गरिदिने कार्यक्रम सहित ५७ करोड ८८ लाखको बजेट सार्वजनिक गरेको छ । गाउबाट सहर क्षेत्रमा बसाइँसराइ दर उच्च भएपछी गाउपालिकाले घर उपहार कार्यक्रम ल्याएको उपाध्यक्ष बनस्थम थिङ्ले बताए ।

मकवानपुरकै कैलाश गाउपालिकाले ४८ करोड ५९ लाखको बजेट सार्वजनिक गरेको छ । गाउपालिकाले सडक तथा झोलुङ्गे पुल निर्माण र कृषिलाई प्राथमिकतामा राखेको उपाध्यक्ष बालकुमार मल्लले बताए ।

इन्द्रसरोवर गाउपालिकाले ४४ करोड ३४ लाखको बजेट ल्याएको छ । इन्द्रसरोबरले कृषि र पर्यटन क्षेत्रलाइ बजेटमा प्राथमिकता दिएको छ ।

मकवानपुरकै भीमफेदी गाउपालिकाले रैथाने बालिलाइ अनुदान दिने कार्यक्रम सहित ६८ करोड ५४ लाखको बजेट बिनियोजन गरेको छ । गाउपालिकाले भौतिक पुर्वाधार, पर्यटन र कृषिलाई प्राथमिकतामा राखेको गाउपालिका अध्यक्ष हिदम लामाले बताए ।

मकवानपुरको मकवानपुर गढी गाउँपालिकाले ६२ करोड २ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाले कृषि तथा पशुपालनलाई प्राथमिकतामा राख्दै किसान लक्षित कार्यक्रमहरुलाइ प्राथमिकतामा राखेको छ ।

मकवानपुरको मकवानपुर गढी गाउँपालिकाले ६२ करोड २ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाले कृषि तथा पशुपालनलाई प्राथमिकतामा राख्दै किसान लक्षित कार्यक्रमहरुलाइ प्राथमिकतामा राखेको छ ।

मकवानपुरको थाहा नगरपालिकाले ९८ करोड ८८ लाखको बजेट ल्याएको छ । थाहाले कृषि ,पुर्वाधार विकास,शिक्षा ,स्वास्थ्य ,सामाजिक बिकास,सुशासन ,उद्यमशिलता र रोजगारी ,बिपद व्यवस्थापन र क्षमता बिकासलाइ प्राथमिकतामा राखेको छ ।

मकवानपुरको मनहरी गाउँपालिका र बकैया गाउँपालिकाले भने आज नीति तथा कार्यक्रम मात्र प्रस्तुत गरेका छ्न । बकैयाले मदिरा निषेध र मनहरिले गुड्खा निषेधको नीति अघि सारेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर