मुख्यमन्त्री कार्कीले असार १४ गते विश्वासको मत लिने, प्रदेश सभाको तेस्रो अधिवेशन आह्वान – Nepal Press

मुख्यमन्त्री कार्कीले असार १४ गते विश्वासको मत लिने, प्रदेश सभाको तेस्रो अधिवेशन आह्वान

विराटनगर । कोशी प्रदेश सभाको तेस्रो अधिवेशन असार १४ गतेका लागि अव्हान भएको छ । कोशी प्रदेश मन्त्रिपरिषद्को असार १० गते सिफारिसमा प्रदेश प्रमुख परशुराम खापुङ्गले तेस्रो अधिबेशनको आव्हान गरेका हुन् ।

उनले संविधानको धारा १८३ को उपधारा १० बमोजिम कोशी प्रदेश सभाको तेस्रो अधिवेशन आव्हान गरेको प्रवत्ता नरेन्द्र कुमार श्रेष्ठले बताए । बैठक दिउँसो १ बजे कोशी प्रदेश सभाहलमा हुनेछ ।

कोशी प्रदेश सभाको दोस्रो अधिबेशन ३१ गते अन्यत भएको थियो । कोशी प्रदेश सरकालाई सत्ता साझेदारदलहरुले दिएको समर्थन फिर्ता लिएपछि विश्वासको मत लिनका लागि अधिबेशन आव्हान गरिएको हो ।

सत्ता साझेदार जसपाले जेठ १७ गते सरकालाई दिएको समर्थन फिर्ता लिएको थियो । ३० दिन भित्रमा विश्वासको मत लिनु पर्ने भएकाले सरकारले बिशेष अधिबेशन बोलाउन प्रदेश प्रमुखलाई सिफारीस गरेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर