नेकपा एमाले कैलालीको अधिवेशन आउँदो मङ्सिरमा हुने – Nepal Press

नेकपा एमाले कैलालीको अधिवेशन आउँदो मङ्सिरमा हुने

कैलाली । नेकपा एमाले कैलालीको जिल्ला अधिवेशन आगामी मङ्सिर २ र ३ गते हुने भएको छ ।

कैलालीको धनगढीमा सम्पन्न पूर्ण जिल्ला कमिटी बैठकले आगामी मङ्सिर २ र ३ गते गर्ने जिल्ला अधिवेशन गर्ने निर्णय गरेको एमाले कैलालीका सचिव डेजी पाण्डेले जानकारी दिए ।

यसअघि २०७८ पुस २७ गते कैलालीको जिल्ला अध्यक्षमा रतन थापा निर्वाचित भएका थिए । उनी अहिले एमालेमा छैनन् । केन्द्रको सर्कुलरअनुसार कैलालीमा दुई वर्ष नपुग्दै पुनः अधिवेशन हुन लागेको हो ।

पूर्ण कमिटी बैठकले सङ्गठन विभागलाई पूर्णता दिने निर्णय गरेको थियो । आर्थिक विभाग र लेखा आयोगसमेत गठन गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर