माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक किन सारियो ?
नेपाल प्रेस
२०८० असार १२ गते १६:५७
काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सारिएको छ ।
असार २३ गते तय भएको बैठक साउन १७ गते सारिएको माओवादी केन्द्रका मुख्यसचिव श्रीराम ढकालले बताए ।
उनका अनुसार बैठक कमलादीस्थित प्रज्ञा भवनमा साउन १७ गते ११ बजे बस्नेछ । प्रदेशको बजेट अधिवेशन, आर्थिक मसान्तलगायतको कारणले बैठक सारिएको बताइएको छ ।
प्रतिक्रिया