इजरायली प्रधानमन्त्रीलाई राजकीय भ्रमणका लागि चीनको निम्तो, अमेरिका सशङ्कित
जेरुसलम । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई चीन भ्रमणको निम्तो आएको छ ।
इजरायलका प्रधानमन्त्री नेतान्याहुले मङ्गलवार आफूलाई चीनले राजकीय भ्रमणको निम्तो दिएको जानकारी दिएका हुन ।
नेतन्याहुले अमेरिकी सांसदहरूको समूहसँगको भेटमा यो जानकारी दिएका हुन्। यद्यपि उनले कहिले भ्रमणमा जाने हो ? त्यो भने खुलाएनन् ।
चीनले नेतान्याहुलाई पठाएको यो निमन्त्रणालाई मध्यपूर्वमा चीनको प्रवेश बढाउने प्रयासका रूपमा हेरिएको छ । चीनले अघिल्लो अप्रिलमा कट्टर शत्रुहरू इरान र साउदी अरेबियाबीचको सम्बन्ध पुनर्स्थापना गर्ने सम्झौता पनि गराएको थियो ।
अमेरिकन निकट इजरायललाई चीनको यो राजकीय भ्रमणले अमेरिकालाई भने सशङ्कित बनाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जानकारी दिएका छन् ।