लुम्बिनी सरकारकाे निर्देशनालय खारेज गर्ने निर्णय फिर्ता लिन एमालेको माग
रुपन्देही । लुम्बिनी प्रदेश सरकारले गरेको निर्देशनालयहरु खारेज गर्ने निर्णयप्रति प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले विरोध गर्दै फिर्ता लिन माग गरेको छ ।
सरकारले बजेट वक्तव्यमार्फत गरेको निर्णय हचुवाको भन्दै एमालेले फिर्ता लिन आग्रह गरेको हो । संसदीय दलको बुधबार बसेको बोर्ड बैठकले निर्देशनालय हटाउने निर्णयको विरोध गरेको छ ।
सरकारले हचुवामा गरेको उक्त निर्णय प्रमुख प्रतिपक्ष दल नेकपा एमालेलाई मान्य नहुने एमाले संसदीय दलको निर्णय छ एमालेले संसदीय दलका नेता लिला गिरीले जानकारी दिए ।
सरकारले हचुवामा गरेको उक्त निर्णय प्रमुख प्रतिपक्ष दल नेकपा एमालेलाई मान्य नहुने एमाले संसदीय दलको निर्णय छ एमालेका प्रमुख सचेतक तुलसीप्रसाद चौधरीले बताए । सरकारले प्रदेशमा रहेका विभिन्न ७ वटा निर्देशनालय हटाएर मन्त्रालयमा गाभ्ने जनाएको छ । यसरी वार्षिक ७० करोड बचत हुने सरकारी दाबी छ ।