काठमाडौंमा मोटरसाइकल-स्कुटर प्रतिबन्ध गरौं !
लेखको शीर्षक देख्नेबित्तिकै मोटरसाइकल-स्कुटर धनीहरुको दिमागमा के कुरा आयो ? निश्चय पनि धेरैको मनमा प्रस्तुत विचारका विरुद्धमा प्रारम्भिक धारणा बन्यो होला ! यो कुनै हालतमा सम्भव छैन भन्ने पनि लाग्यो होला । मैले २०८० असार १२ गते ट्राफिक प्रमुख पोषराज पोखरेललाई भेटेर काठमाडौं उपत्यकामा मोटरसाइकल-स्कुटर प्रतिबन्ध गर्नुपर्ने कुरा गरें । प्रमुख पोखरेलबाट कुनै हालतमा यो सम्भव छैन भन्ने जवाफ आयो । कतिपयलाई यस्तो बेकारको लेख किन छापेको होला भनेर नेपाल प्रेसका सम्पादकप्रति मनमनै आलोचनाको भाव आयो होला ! यदि काठमाडौंलाई सरल, सहज, सुरक्षित, सुन्दर र सभ्य बनाउने हो भने मोटरसाइकल-स्कुटर प्रतिबन्ध अनिवार्य भइसकेको निष्कर्ष मैले निकालेको छु । राज्यले यो कठोर निर्णय लिन ढिलाइ भइसकेको छ । त्यसका लागि सडकदेखि सदनसम्म खुला छलफल गरौं र मोटरसाइकल-स्कुटर प्रतिबन्ध गरौं ।
आउनुस्, पाठकहरुलाई एकैछिन मेरो आफ्नै यातायात दैनिकीतिर लैजान्छु । म काठमाडौंको बुढानिलकण्ठ बस्छु । बिहान ६ बजे गाडी चढेर कोटेश्वर हुँदै ठीक ७ बजे पुग्ने गरी भक्तपुरको दधिकोटस्थित ‘काठमाडौं स्कुल अफ ल’मा पढ्न जान्छु । जहाँ मैले औपचारिक पढाइ छोडेको दश वर्षपछि अन्तर्राष्ट्रिय कानूनमा स्नातकोत्तर पढ्दैछु । क्याम्पसमा बिहान ९ बजे कक्षा छुट्छ । म दधिकोटबाट बबरमहलस्थित मेरो ल फर्ममा ९ बजेर ३० मिनेटमा आइपुग्छु । आउँदा साथीहरुले मोटरसाइकलमै जाऔं भनेर लिफ्ट दिन्छन् ।
कहिलेकाहीं बस चढेर आउँदा पनि ढिलोमा ९ बजेर ४० मिनेट भएको हुन्छ । अर्थात् बसमा आउँदा जम्मा १० मिनेट ढिलो हुन्छ । उच्च अदालत जानुपर्ने भयो भने बबरमहलबाट टेम्पु चढेर कृष्ण गल्ली झरेर उच्च अदालत पाटन पुग्छु । अन्य काम पर्दा पनि सार्वजनिक यातायात नै चढ्ने गर्दछु । अफिसका सबै काम सकिएपछि हिंड्दै रत्नपार्क पुग्छु र बस चढेर बुढानिलकण्ठ फर्किन्छु । सार्वजनिक यातायातका आफ्नै कठिनाइ भए पनि हावा, घाम, पानी, दुर्घटना आदिबाट सुरक्षित महसुस हुने गर्दछ ।
मोटरसाइकल-स्कुटर छ, पुगिहालिन्छ भनेर २० मिनेट ढिलो निस्किने र सडकमा ट्राफिक नियमको उल्लंघन गर्दै, ओभर स्पिड बनाउँदै, हर्न बजाउँदै, सडक पार गरिरहेका पैदलयात्रीलाई कस्तो पाखे रहेछ भनेर गाली गर्दै कुँद्ने धेरैको बानी हुन्छ ।
अब तपाईंहरुलाई लाग्ला, यति धेरै दूरी बसमा हिंडेर कसरी भ्याइन्छ ? मोटरबाइकमा खुरुरु हिँडेपछि छिटो पुगिन्छ । तर, वास्तविकता त्यस्तो हुँदै होइन भन्ने कुरा लेख पढ्दै गएपछि थाहा पाउनु हुनेछ । मलाई धेरै साथीहरुले मोटरसाइकल किन्न सुझाव दिने गरेका छन् । मैले भएको मोटरसाइकल पनि बेचेर सार्वजनिक बस चढ्न थालेको पाँच वर्ष भयो । मेरो एक जना साथी छन्, बद्री भुसाल, उनी कलेज पढ्न स्वयम्भूबाट मोटरसाइकलमा दधिकोट आउँछन् । उनी मोटरसाइकल चढ्ने समय मेरोभन्दा जम्मा दश मिनेट ढिलो छ । म ६ बजे बस चढ्छु भने उनी ६ बजेर १० मिनेटमा मोटरसाइकल चढ्छन् । स्वयम्भू र बुढानिलकण्ठको दूरी हिसाब गर्दा लगभग उस्तै हुन्छ ।
काठमाडौंमा मोटरसाइकल-स्कुटर आवश्यक छ ?
काठमाडौं चक्रपथको जम्मा दूरी ३७ किलोमिटर छ । चक्रपथभित्र मोटरसाइकल÷स्कुटर नकुँदाइकन पनि अर्थात् सार्वजनिक बसमा बढीमा १० मिनेट ढिलो जुनसुकै स्थानमा पुग्न सकिन्छ । उदाहरणको लागि महाराजगञ्ज चक्रपथबाट कोटेश्वरसम्मको दूरी ९ किलोमिटर छ । गुगल म्यापले सवारीसाधनबाट १९ मिनेटको समय देखाउँछ । अब सार्वजनिक बस चढ्दा पनि तीस मिनेटभन्दा धेरै लाग्दैन । म आफैं जाम नभएको समयमा कैयौंपटक ३० मिनेटमा चक्रपथबाट कोटेश्वर पुगेको छु । अब कतिपयले प्रश्न उठाउलान्, एक जनाको दश मिनेट भनेको हजार जनाको दश हजार मिनेट हो ।
यसरी हिसाब गर्नेहरुलाई यस्तो जवाफ दिउँ- त्यसो भए घरबाट २० मिनेट ढिलो निस्किँदा २० हजार मिनेट ढिलो हुन्छ । सडकमा निस्किएको समयलाई मात्रै गणना गर्ने कि घरमा अनावश्यक बिताएको समयको पनि गणना गर्ने ? घरबाट निस्कनुभन्दा अगाडि मोजा खोज्दै, झोला मिलाउँदै, ऐना हेर्दै, कपाल मिलाउँदै होस् वा मोटरसाइकल-स्कुटर छ, पुगिहालिन्छ भनेर २० मिनेट ढिलो निस्किने र सडकमा ट्राफिक नियमको उल्लंघन गर्दै, ओभर स्पिड बनाउँदै, हर्न बजाउँदै, सडक पार गरिरहेका पैदलयात्रीलाई कस्तो पाखे रहेछ भनेर गाली गर्दै कुँद्ने धेरैको बानी हुन्छ । यदि यो बानी छोडने र २० मिनेट अगाडि घरबाट निस्कने हो भने धेरैको लागि मोटरसाइकल-स्कुटर आवश्यक पर्दैन ।
मोटरसाइकल-स्कुटरका कारण मान्छेहरु निकै अल्छी भएका छन् । अब अल्छीपनाले जेनेटिक स्वरुप धारणा गरेको छ । अर्थात् पन्ध्र मिनेट को हिँडोस्, आधा घण्टा को हिंडोस् ∕ धेरै मान्छेहरु आधा घण्टाको कुरै छोडौं, पाँच सय मिटर हिंड्न अल्छी मान्छन् । ट्राफिक प्रमुख पोषराज पोखरेलका अनुसार काठमाडौं उपत्यकामा बस स्टाण्ड घटाउन यातायात व्यवसायी तयार हुँदैनन् ∕ अर्थात् एकातिर मान्छेले जहाँ मन लाग्यो, त्यही हात दिन्छन् । अर्काेतिर कार्यान्वयन गर्ने निकाय यातायात व्यवसायीको अगाडि कठपुतली जस्तै लाग्नेरहेछ । वैज्ञानिक र व्यवहारिक नियम बनाएर कडाइपूर्वक लागू गर्ने हो भने कसले मान्दैन ? काठमाडौं उपत्यकामा सामान्यतया १ देखि १.५ किलोमिटरको दूरीमा सार्वजनिक यातायात उपलब्ध हुन्छ । कुनै ठाउँमा केही असहज हुनसक्छ । दुई किलोमिटर भन्दा धेरै त कोही कसैलाई हिँडनु पर्दैन । दुई किलोमिटर हिँड्नुपर्ने दूरी कहाँ कहाँ हो भन्नेबारेमा पनि अध्ययन गर्न सकिन्छ ।
मोटरसाइकल-स्कुटरका कारण मान्छेहरु निकै अल्छी भएका छन् । अब अल्छीपनाले जेनेटिक स्वरुप धारणा गरेको छ । अर्थात् पन्ध्र मिनेट को हिँडोस्, आधा घण्टा को हिंडोस् ∕ धेरै मान्छेहरु आधा घण्टाको कुरै छोडौं, पाँच सय मिटर हिंड्न अल्छी मान्छन् ।
निजी सवारीसाधनको रुपमा एउटै घरमा दुई-तीन वटा मोटरसाइकल-स्कुटर हुनैपर्ने, आफ्नै आँगनबाट मोटरसाइकल चढ्नैपर्ने, अफिसको ढोकासम्मै मोटरसाइकल लैजानैपर्ने मनोरोगबाट मोटरसाइकल-स्कुटर चालकहरु ग्रस्त भएका छन् । यो मोटरसाइकल-स्कुटर चालकहरुमा मौलाएको खतरनाक मनोरोग हो । सामान्य उपचारबाट यो मनोरोग निको हुनेवाला छैन । यो मनोरोग देशका शासक र कर्मचारीतन्त्रमा भएकै कारण जनतामा सरेको हो ।
एक वा दुई सय मिटर हिँड्न नमानेर ट्राफिक नियमको उल्लंघन गर्ने, जहाँ मन लाग्यो त्यहाँ पार्किङ गर्ने, अनावश्यक हर्न बजाउने, पैदलमार्गमा पनि मोटरसाइकल-स्कुटर गुडाउने जस्ता कार्यहरु चालकहरुबाट हुँदै आएका छन् । दुर्घटनाको प्रमुख कारण नै मोटरसाइकल-स्कुटर हुन् । यो काठमाडौंमा देखिएको असभ्य, आततायी र कुरुप प्रणाली हो । मोटरसाइकल-स्कुटरहरुलाई प्रतिबन्ध गर्नेबित्तिकै यातायात प्रणालीलाई पूरै फेर्न सकिन्छ । काठमाडौं उपत्यकामा चार पाङ्ग्रे वा ठूला बसहरुबाट सार्वजनिक यातायातलाई धेरै सुधार गरेर लैजान सकिन्छ । तिनीहरुलाई सुधार गर्न धेरै सजिलो पनि हुन्छ ।
मेरो एक जना साथी छन् । उनी तीनकुने बस्छन् र संसद सचिवालयमा जागिर गर्छन् । उनी तीनकुनेबाट सिंहदरबारसम्म मोटरसाइकलमा आउँछन् । तिनलाई तीनकुनेबाट सिंहदरबारसम्म आउन मोटरसाइकल किन चाहियो ? उनी पैदल हिंडेर २५ मिनेटमा सजिलोसँग सिंहदरबार आउन सक्छन् । तर, उनलाई यस्तो बानी लागिसक्यो कि २५ मिनेट हिंड्न सकस पर्छ । काठमाडौं उपत्यकामा जागिर गर्ने सबैलाई आधा घण्टाको दूरी अनिवार्य हिँड्न लगाउने हो भने आधा मोटरसाइकल-स्कुटर आवश्यक नै पर्दैनन् । मोटरसाइकल-स्कुटरमा चढ्दा जम्मा १० मिनेट लाग्छ । मान्छेहरुले १० मिनेट मोटरसाइकल-स्कुटरमा हिंडेर शान देखाउँछन् । यदि तीन किलोमिटरभन्दा टाढाको कार्यालय छ भने सार्वजनिक यातायात प्रयोग गर्न सकिन्छ । घरबाट २० मिनेट छिटो निस्कियो भने सजिलोसँग समयमै कार्यालय पुग्न सकिन्छ । मोटरसाइकल-स्कुटरको आवश्यकता पर्दैन ।
मोटरसाइकल-स्कुटरको तमासा
प्रधानमन्त्रीदेखि मन्त्री, कर्मचारीसम्मलाई मोटरसाइकल-स्कुटरले निम्त्याएको भद्रगोल, दुर्घटना, मृत्यु, घाइते, दीर्घरोग, वायु प्रदूषण, कुरुपता आदिबारेमा जानकारी छ जस्तो देखिँदैन । मोटरसाइकल-स्कुटर चालकहरुले आफूलाई बेग्लै मानव भएको अभिनय गर्छन् । तिनीहरुसँग देखासिकी, तडकभडक, कृतिम तरिका देखिनुको कारण हो, तिनीहरुले मोटरसाइकल-स्कुटरविना आफ्नो जीवन चल्दैन जस्तो गरेर आफूलाई अभ्यस्त बनाएका हुन्छन् । तिनीहरुको दिमागमा मोटरसाइकल-स्कुटरबाहेक अरु थोक छैन ।
काठमाडौं उपत्यकामा सामान्यतया १ देखि १.५ किलोमिटरको दूरीमा सार्वजनिक यातायात उपलब्ध हुन्छ । कुनै ठाउँमा केही असहज हुनसक्छ । दुई किलोमिटर भन्दा धेरै त कोही कसैलाई हिँडनु पर्दैन । दुई किलोमिटर हिँड्नुपर्ने दूरी कहाँ कहाँ हो भन्नेबारेमा पनि अध्ययन गर्न सकिन्छ ।
काठमाडौं उपत्यकामा ट्राफिक नियमको उल्लंघन गर्नेहरु अधिकांश मोटरसाइकल-स्कुटर चालक हुन् । सानो ठाउँबाट छिराउन सकिहालिन्छ भनेर तिनीहरु जहाँ मन लाग्यो, त्यतै लैजाने गर्दछन् । नागबेली आकारमा कुँदाएर लेन अनुशासन मिच्नेहरु पनि अधिकांश मोटरसाइकल-स्कुटरवालाहरु हुन्छन् । ट्राफिक प्रहरीले दुर्घटनाहरुको मात्रै वर्ग छुट्याएर तथ्यांक राखिएको विवरण उपलब्ध गराएको छ ।
ट्राफिक कार्यालयले उपलब्ध गराएको विवरणअनुसार आर्थिक वर्ष २०७७/७८ मा मोटरसाइकल-स्कुटरको दुर्घटना संख्या ७ हजार ९४५ रहेको छ । त्यस्तै २०७८/७९ मा ८ हजार ३६४ र २०७९/८० मा ७ हजार ५६८ दुर्घटना भएका छन् । उपत्यका ट्राफिक प्रहरी प्रमुख पोषराज पोखरेल र प्रवक्ता राजेन्द्र भट्टसँग मैले कुराकानी गरेको थिएँ । दुवै जनाको भनाइ थियो- दुर्घटनाको ८० प्रतिशत कारण मोटरसाइकल-स्कुटर हुन् । ट्राफिक प्रहरीसँग काठमाडौं उपत्यकामा आर्थिक वर्ष २०७७/७८ मा ३ लाख ३० हजार ९६७ जना, २०७८/७९ मा ५ लाख ४ हजार ५९७ जना, २०७९/८० मा ८ लाख ९ हजार ४९४ जनालाई कारबाही गरिएको विवरण रहेको छ । यसरी कारबाही खानेहरुमा अधिकांश मोटरसाइकल-स्कुटरवालाहरु नै रहेका छन् ।
मोटरसाइकल-स्कुटरको आवरणमा देशमा धेरै ठूलो विकृति मौलाएको छ । कक्षा ११ र १२ पढ्ने विद्यार्थीलाई मोटरसाइकल किन चाहिन्छ ? अफिस वा घरबाहिर काम नभएकी गृहणीलाई स्कुटर किन चाहिन्छ ? अफिसमात्रै जान मोटरसाइकल किन चाहिन्छ ? दुई लाख जम्मा भयो कि मोटरसाइकल-स्कुटर किनिहाल्ने विकृति नेपालमा धेरै नै मौलाएको छ ।
मोटरसाइकल-स्कुटरको कारण देशमा विचित्रको भुईंफुट्टा वर्गको उदय भएको छ । यो भुईंफुट्टा वर्गले आफूले कमाएको अधिकांश पैसा मोटरसाइकल किन्न, तेल हाल्न, मर्मत गर्ने काममा सिध्याएको छ । यो भुइँफुट्टा वर्ग निकै ढोंगी र देखावटी बन्दै गएको छ । कमाएको पैसा जोगाएर आफ्नो र परिवारको लागि बचत गर्नेभन्दा पनि मोटरसाइकल किनेर त्यसैमा खर्च गर्ने ध्याउन्नमा देखिन्छ । मोटरसाइकलकै कारण यो भुइँफुट्टा वर्ग ढोंगी, असहिष्णु, अधैर्य, नक्कली र अनुशासनहीन बनेको हो । कमाएको पैसा जति मोटरसाइकलमा खर्च गरेर पढाइ, खानपान, स्वास्थ्य, बचत जस्ता कुरामा लापरबाही गरिरहेको छ । मोटरसाइकल-स्कुटरबाट देखिएको विकृति, विसंगति, दुर्घटना, पैसाको सत्यानाश, वायु प्रदूषण जस्ता जटिल समस्या भएको र कुनै उपलब्धि नभएको हुनाले प्रतिबन्ध नै एकमात्र विकल्प हो ।
निजी सवारीसाधनको रुपमा एउटै घरमा दुई-तीन वटा मोटरसाइकल-स्कुटर हुनैपर्ने, आफ्नै आँगनबाट मोटरसाइकल चढ्नैपर्ने, अफिसको ढोकासम्मै मोटरसाइकल लैजानैपर्ने मनोरोगबाट मोटरसाइकल-स्कुटर चालकहरु ग्रस्त भएका छन् । यो मोटरसाइकल-स्कुटर चालकहरुमा मौलाएको खतरनाक मनोरोग हो ।
प्रतिबन्धपछि आउने परिणामहरु
काठमाडौं उपत्यभित्र मोटरसाइकल-स्कुटर प्रतिबन्ध गर्ने हो भने ट्राफिक जाम लगभग हट्छ भन्दा पनि फरक पर्दैन । काठमाडौंमा कुनै अध्ययन भएको जस्तो मलाई लागेको छैन । किनभने मोटरसाइकल प्रतिबन्धबारे कोही कसैले सोचेकै छैनन् । मोटरसाइकल काठमाडौं उपत्यकामा अनावश्यक र बेकारको सवारीसाधन हो । मोटरसाइकलले अर्बौं रुपैयाँको पेट्रोल उडाइरहेको छ । मोटरसाइकल-स्कुटर चालकहरुमा ढाड दुख्ने, छाती दुख्ने जस्ता दीर्घकालीन रोग पाल्ने र अस्पताल धाउनेबाहेक मोटरसाइकलको कुनै थप उपलब्धि छैन ।
लामो समय मोटरसाइकल चढ्ने व्यक्तिलाई दीर्घकालीन रुपमा ढाड र छातीको समस्या हुन्छ, हुन्छ । त्यस्ता समस्या लिएर डाक्टरकहाँ जाने बिरामीलाई मोटरसाइकल-स्कुटर चढ्न छोड्नुपर्ने सुझाव दिइन्छ । मोटरसाइकल-स्कुटर चढ्ने व्यक्तिहरु सार्वजनिक सवारीसाधन चढ्ने हो भने मोटरसाइकलभन्दा धेरै सस्तो पर्न जान्छ । मोटरसाइकलमा ३० किलोमिटरको दुरी पार गर्न १८० रुपैयाँ खर्च हुन्छ भने सार्वजनिक सवारीसाधनमा त्यतिकै दूरी पार गर्न ६० रुपैयाँमात्रै खर्च हुन्छ । मोटरसाइकल-स्कुटरको कर, मर्मत खर्च आदि जोड्दा झनै महँगो पर्दछ ।
काठमाडौंमा एक महिना मोटरसाइकल पूरै प्रतिबन्ध गरेर परीक्षण गर्न सकिन्छ । एक महिना परीक्षण गर्न ठूलो योजना चाहिँदैन र धेरै कठिनाइ भोग्नुपर्दैन । मलाई लाग्छ, यसबाट काठमाडौं उपत्यकामा ट्राफिक व्यवस्थापनमा गहिरो अध्ययन गर्न सकिन्छ । मोटरसाइकल-स्कुटर प्रतिबन्ध गर्नेबित्तिकै सार्वजनिक यातायात कति आवश्यक पर्न सक्छ भन्ने पनि अनुमान हुन्छ ।
मोटरसाइकल-स्कुटर प्रतिबन्ध गरियो भने उपत्यकामा दुर्घटना निकै घट्ने निश्चित छ । काठमाडौं उपत्यकामा जति पनि सवारी दुर्घटना हुने गरेका छन्, ती धेरैजसो अर्थात् पोषराज पोखरेलको शब्दमा ८० प्रतिशत दुर्घटनाहरु मोटरसाइकल-स्कुटरका कारण भएका छन् । यदि ठूला गाडीहरु र पैदल यात्रु दुर्घटना भएका छन् भने त्यसको कारण पनि अधिकांश मोटरसाइकल नै हुन् । मोटरसाकइकल दुर्घटनाको कारक र निकै असुरक्षित सवारीसाधन हो ।
कक्षा ११ र १२ पढ्ने विद्यार्थीलाई मोटरसाइकल किन चाहिन्छ ? अफिस वा घरबाहिर काम नभएकी गृहणीलाई स्कुटर किन चाहिन्छ ? अफिसमात्रै जान मोटरसाइकल किन चाहिन्छ ? दुई लाख जम्मा भयो कि मोटरसाइकल-स्कुटर किनिहाल्ने विकृति नेपालमा धेरै नै मौलाएको छ ।
सार्वजनिक यातायातको अहिलेको क्षमता र गुणस्तर वृद्धि हुनेछ, गर्नुपर्दछ । सार्वजनिक यातायातलाई व्यवहारिक, वैज्ञानिक, सरल, सहज, सुरक्षित, सस्तो र भरपर्दाे बनाउन बाध्यता हुनेछ । जनताको सार्वजनिक यातायातको अधिकार र सुरक्षाको लागि महत्वपूर्ण हुनेछ । अहिले भएका रुटहरुलाई थप व्यवस्थित बनाउने र नयाँ रुटहरुबाट पनि सार्वजनिक यातायात सञ्चालन गर्नुपर्दछ । गाडी चढ्ने र ओर्लने निश्चित स्थान तोकिनुपर्दछ । जथाभावी रोक्ने गाडीहरुलाई कडा कारबाही गरिनुपर्दछ । यात्रु चढाउने र ओराल्नेबाहेक पर्खिन दिनुहुँदैन ।
सडकमा मोटरसाइकल-स्कुटर नहुनेबित्तिकै अहिलेको जाम लगभग पूरै हट्नेछ । त्यसो गर्दा सार्वजनिक यातायातले छिटो गन्तव्यमा पुर्याउनेछ । दुर्घटना थोरै हुनेछ । काठमाडौंको प्रदूषणमा पनि उल्लेख्य कमी आउनेछ । काठमाडौं उपत्यकामा मोटरसाइकल-स्कुटर प्रतिबन्ध गर्नेबित्तिकै कुरुप काठमाडौं मुहार फेरिनेछ । यात्रुको यात्रा सुरक्षित र सहज हुनेछ । मान्छेहरुको हिंड्ने बानीको विकास हुनेछ र थोरै भए पनि जीवन प्राकृतिक लयमा फर्किनेछ ।
चीनको अभ्यास
चीनमा मोटरसाइकल दुर्घटना अत्यधिक भएपछि धेरै शहरहरुमा सन् १९९० देखि नै मोटरसाइकल प्रतिबन्ध गरिएको थियो । बेइजिङमा त सन् १९८५ देखि नै मोटरसाइकलमा प्रतिबन्ध लगाउन थालिएको थियो । मोटरसाइकल प्रतिबन्ध भएपछि त्यहाँ दुर्घटना र त्यसबाट मृत्यु हुनेहरुको संख्या उल्लेख्य घटेको थियो । चीनका होङजाओ, डालिया, निग्बो, साओछिङ, वेन्झाओसहित १८५ शहरमा मोटरसाइकल प्रतिबन्ध गरिएको छ ।
चीनमा मोटरसाइकल प्रतिबन्ध गरिएपछि ट्राफिक व्यवस्थापनमा व्यापक सुधार भएको देखिएको थियो । मोटरसाइकल प्रतिबन्धपछि चीनका सबै शहरहरुमा दुर्घटना र यसबाट मृत्यु हुनेहरुको संख्यामा उल्लेख्य कमी आएको थियो । चीनको उदाहरणबाट नेपालले पनि सिक्न सक्छ । नागरिकको जीवनभन्दा ठूलो मोटरसाइकलबाट असुलउपर गरिने कर, जरिवाना, ट्राफिक उल्लंघनबाट उठ्ने जरिवाना हुन सक्दैन । जनताको सुरक्षालाई दाउमा राखेर उठाइने कर, जरिवाना भनेको अनैतिक र आपराधिक हो भन्ने कुरा छर्लङ्ग छ ।
मोटरसाइकल काठमाडौं उपत्यकामा अनावश्यक र बेकारको सवारीसाधन हो । मोटरसाइकलले अर्बौं रुपैयाँको पेट्रोल उडाइरहेको छ । मोटरसाइकल-स्कुटर चालकहरुमा ढाड दुख्ने, छाती दुख्ने जस्ता दीर्घकालीन रोग पाल्ने र अस्पताल धाउनेबाहेक मोटरसाइकलको कुनै थप उपलब्धि छैन ।
संसदमा छलफल चलोस्, मन्त्रिपरिषद्ले प्रतिबन्धको निर्णय गरोस्
शासकहरुमा योजना र आत्मविश्वास हुने हो भने यो सम्भव छ । माथि चीनको उदाहरण दिइसकिएको छ । काठमाडौं उपत्यकामा यति धेरै भद्रगोल हुन दिनुहुँदैन थियो । मोटरसाइकल-स्कुटरकै कारण काठमाडौं भद्रगोल भएको हो । योजनाविहीन तरिकाले जथाभावी सवारीसाधनहरु भित्र्याइयो । जथाभावी भित्र्याइएका सवारीसाधनबाट वैध, अवैध रकम उठाएर तलब खाने र भ्रष्टाचार गर्ने लोभमा सारा भद्रगोल बनाइएको हो । उपत्यकामा सार्वजनिक सवारीसम्बन्धी केही अध्ययन, अनुसन्धान भएका भए पनि तिनले दीर्घकालीन समाधान दिने देखिएको छैन ।
काठमाडौं उपत्यकामा सार्वजनिक यातायात सुरक्षित र भरपर्दाे बनाउन, शहरलाई सुरक्षित र सुन्दर बनाउन, प्रदूषण घटाउन मोटरसाइकल-स्कुटर प्रतिबन्ध गर्नैपर्दछ । झट्ट हेर्दा यो असम्भव लाग्न सक्छ । तर, गहिरोसँग अध्ययन गरियो भने मोटरसाइकल-स्कुटर काठमाडौं उपत्यकाको लागि अनावश्यक रुपमा खरिद र प्रयोग गरिएका सवारीसाधन हुन् । काठमाडौं उपत्यकाको सुन्दरतालाई कुरुप बनाउने, दुर्घटना र मृत्यु साधन भनेको मोटरसाइकल-स्कुटर नै हुन् ।
वि.सं. २०७७ सम्म देशभर रहेका ३१ लाख ६० हजार मोटरसाइकल-स्कुटर दर्ता भएका थिए । २०८० सम्म आइपुग्दा काठमाडौं उपत्यकामा १४ लाख ५० हजारभन्दा बढी मोटरसाइकल-स्कुटर गुडिरहेका छन् । अहिलेको जनसंख्यालाई यति धेरै दुई पाङ्ग्रे सवारीसाधन आवश्यक हुन् कि होइनन् ? असुरक्षित र भद्रगोल बनाइरहेको दुई पाङ्ग्रे सवारीसाधनको विकल्प के हुनसक्छ भनेर कहिल्यै बहस र छलफल भएको पाइँदैन । यदि कोही व्यक्तिले दुई वा तीन किलोमिटरको दूरीमा रहेको कार्यालयमा जान सवारीसाधन प्रयोग गर्छ भने त्यो सडक र सवारीसाधनको दुरुपयोग होइन ?
सडक यातायातलाई सुरक्षित र भरपर्दाे बनाउन, ट्राफिक जाम र दुर्घटना कम गर्न, दुर्घटनाबाट हुने मृत्यु कम गर्न, शहरी सुन्दरता कायम राख्न, वायु प्रदूषण कम गर्न, मोटरसाइकल-स्कुटरमार्फत् भुईंफुट्टा वर्गले अपनाइरहेको असुरक्षित र खतरनाक जीवनशैलीलाई व्यवहारिक र सहज बनाउन मोटरसाइकल-स्कुटर तत्काल प्रतिबन्ध गर्न आवश्यक छ ।
तिमीलाई कुरेर र कोच्चिएर अनि दिनदिनै पकेट मार्न दिएर बस चढन रहर भए चढ न त ।अरूलाई यस्ता बकम्फुस्से अर्ति नदेउ ।
बरु सकै आफ्नो आफ्नो गाउँ फर्कौँ न भाइ ! किन अरुको सुविधामा तिम्रो डाहा जाग्ने?
कस्तो तोरी हो?
एकदम उत्कृष्ट लेख ,लेखक प्रति आभारी छु ,यसका चुनौती हरु अझै समाधान सहित लेखिएको भए समाधान र समस्याको पहिचान हुने थियो ,जे होस् सुगन्ध त छैन तर सुन हो ।
अरुको सुविधामा तिम्रो आँखा किन पाल्ने? यस्तो तर्क त निरर्थक हाे
“नजाने गाउँको बाटो नसाेध्नु” भनेर पढिन्थ्यो!
बरु पाेखरेल बाबु! सबै जान आ-आफ्नो गाउँ फर्कौँ तर यस्तो असम्भव कुरा नगरौं!
पहिले यो लेखक पत्रकार हो कि , बुद्धिजिवि हो कि ,कुनै प्रोफेसनल हो कि के हो, नेपाल प्रेसले यो खुलाएर लेख छाप्नु ठिक होला
लौ त गरेको होस्
यस्ता पागल लेखक रे! पझेरो वाला हाै? कि दरिद्र हाै?जनता यो सहर मा आफुखुशि हिड्न नपाऊने?😭🇳🇵
Kuro kayak Chhaina
याे लेख सन्दर्बिक लाग्यो । तर पर्तिबन्ध लगाउन चाहिँ हुदैन किअ कि ब्यक्ति को मोउलिक अधिकार हनन हुन्छ ।
लेख साह्रै राम्राे लाग्याे ।।। माेटर साइकल मात्र हैन Private car हरु पनि हटाउदा हुने हाे। सबै मानिस हरु सार्वजनिक बसमा यात्रा गर्न 10/15 मिनेट हिड्न सके स्वास्थ्य पनि राम्राे हुने साथै private car किन्ने पैसा 25/30 लाख बचत पनि हुनेरैछ।।सार्वजनिक यातायातमा 30 कि.मि. यात्रा गर्न60 रुपैयामा मात्र लाग्छ । private car किन्ने पैसा बैकमा राखेर सार्वजनिक यातायात तिर लागाै स्वास्थ्य रहाै जाम हटाअैा ।।।
राम्रो विश्लेषण गरि लेख्नु भएकोमा धन्यवाद । बास्तबमा नेपालमा ८० प्रतिशत बेराेजगारहरुले २ पाग्रे सवारीसाधन प्रयाेग गर्ने गरेकाे कारण यस्काे कुनै अाैचित्य छैन र बन्द गर्नु पर्छ । सार्वजनिक सवारीमा बिधुतिय बसकाे प्रयाेग मात्रै दर्ता सञ्चालन गर्नु पर्दछ । बस भाडा कार्डबाट भुक्तानीकाे ब्यवस्थापन गर्नु पर्दछ । सबै समाधान हुन्छ ।