१० वर्षमा धान उत्पादनमा सामान्य वृद्धि – Nepal Press

१० वर्षमा धान उत्पादनमा सामान्य वृद्धि

काठमाडौं । दश वर्षको अवधिमा समग्र देशको धानबाली उत्पादनमा सामान्य वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०७९/०८० को अर्ध-वार्षिक विवरणअनुसार देशको समग्र धान बालीको उत्पादकत्वमा सामान्य वृद्धि भएको देखिएको हो ।

प्रतिवेदनअनुसार २०७९ पुस मसान्तसम्म देशको खाद्य तथा अन्य बालीको उत्पादन ५.७ प्रतिशतले बढेको छ । गत वर्ष उत्पादन ०.४ प्रतिशतले घटेको थियो ।

समग्र कृषि बालीको उत्पादनमा धानको हिस्सा सबैभन्दा बढी २६.८ प्रतिशत रहेको छ । यसैगरी मकैको १५.६ प्रतिशत रहेको छ ।

सिंचाइको लागि आकासे पानीमा भरपर्नु तथा आधुनिक कृषि खेती तथा उन्नत बीउको प्रयोगमा उल्लेख्य वृद्धि नहुनुले बालीको उत्पादकत्व उल्लेख्य रुपमा वृद्धि हुन नसकेको प्रतिवेदनमा उल्लेख छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *