शेयर बजारमा २३ अर्बको कारोबार – Nepal Press

शेयर बजारमा २३ अर्बको कारोबार

काठमाडौं । यो साता शेयर बजारमा उत्साह देखियो । साताको चार दिनको कारोबारमा २३ अर्ब २ करोड ८३ लाख रुपैयाँ बराबरको शेयर कारोबार भयो । यद्यपि दैनिक औसत ५ अर्बभन्दा बढीको कारोबार भयो ।

अन्य दिनमा पाँच कारोबार दिन भए पनि यो साता बिहीबार सार्वजनिक बिदा परेकाले चार कारोबार दिनमा सीमित भयो । साताको पहिलो कारोबार (असार १०) साताकै उच्च कारोबारको रुपमा दर्ज भयो । यस दिन ६ अर्ब ४३ करोड १४ लाख रुपैयाँ बराबरको शेयर कारोबार भयो ।

६२.२१ अंकले बढेको बजार २११७.७३ विन्दुमा अडियो । अन्य दिनमा भने ५ अर्बभन्दा बढीको कारोबार भयो । यही साता बजारले २२ सयको विन्दूसमेत पार गरेको थियो । बुधबार कारोबार सुरु भएलगत्तै २२०० को विन्दू पार गरेर बजार २१०० मा फर्किएको थियो ।

बुधबार शेयर बजारमा दोहोरो अंकको गिरावट आए पनि यस दिन साताकै दोस्रो बढी कारोबार भएको हो । केही दिनयता शेयर बजारले सकारात्मक प्रतिक्रिया दिइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *