कोशी प्रदेशसभा बैठक सुरू- मुख्यमन्त्री कार्कीले विश्वासको मत लिँदै – Nepal Press

कोशी प्रदेशसभा बैठक सुरू- मुख्यमन्त्री कार्कीले विश्वासको मत लिँदै

विराटनगर । कोशी प्रदेश सभाको तेस्रो अधिवेशनको पहिलो बैठक सुरू भएको छ ।

बैठकमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत लिने कार्यसूची छ । सरकारमा रहेका माओवादी र जसपाले समर्थन फिर्ता लिसँगै मुख्यमन्त्री कार्कीले विश्वासको मत लिन लागेका हुन् ।

९२ सांसद रहेको कोशी सांसदमा बहुमतका लागि ४७ सांसद चाहिन्छ । सत्तारुढ घटक एमाले र राप्रपासँग ४६ सांसद छन् ।

नेपाली कांग्रेसका २९, नेकपा माओवादीका (सभामुखसहित) १३, नेकपा एसका ४ र जसपाका १ गरी विपक्षी गठबन्धनसँग ४७ सांसद छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर