मन्त्री ज्वाला प्राविधिकको टोलीसहित बाढी प्रभावित क्षेत्रमा दुई दिन बस्ने – Nepal Press

मन्त्री ज्वाला प्राविधिकको टोलीसहित बाढी प्रभावित क्षेत्रमा दुई दिन बस्ने

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला वाढी पहिरो प्रभावित क्षेत्रको स्थलगत भ्रमणमा निस्किएका छन् । ३ असारको अविरल वर्षापछि आएको बाढी र पहिरोले ठुलो भौतिक क्षति बनाएको थियो ।

मेची राजमार्गको ताप्लेजुङ र पाँचथर जोड्ने हेवा खोलाको पुल बगाएको थियो भने केही स्थानका बेलिब्रिज र झुलुङगे पुल पनि बगाएको थियो । केही स्थानको सडकपनि अबरुद्ध बनेको थियो ।

हेवा खोला पुल बगाएको २ दिनभित्र बेलिब्रिज निर्माणको काम थालिएको थियो । हेवा खोलामा डाइभर्सन बनाएर मेची राजमार्ग सुचारु पनि भएको थियो । तर फेरी बाढी आउँदा डाइभर्सन बगाएको छ ।

हेवा खोलामा बेलिब्रिजको काम तिव्ररुपमा भइरहेको छ । निर्माणधीन बेलिब्रिज र भौतिक क्षति भएका क्षेत्रको दुई दिने स्थलगत भ्रमणका लागि पूर्वी नेपाल प्रस्थान गरेका छन् ।

मन्त्री ज्वालासँगै सडक विभागका महानिर्देशक सुशीलबाबु ढकाल, उपमहानिर्देशक रामहरी पोखरेललगायत प्राविधिकको टोली पनि भ्रमणमा रहेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर