ह्वात्तै बढ्यो बैंकहरुको सम्भावित कर्जा नोक्सानी व्यवस्थापन रकम – Nepal Press

ह्वात्तै बढ्यो बैंकहरुको सम्भावित कर्जा नोक्सानी व्यवस्थापन रकम

काठमाडौं । बैंकहरुले सम्भावित कर्जा नोक्सानीको व्यवस्थापन गर्न छुट्याउने गरेको रकम ह्वात्तै बढेको छ ।

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार साउन मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाले लोन लस प्रोभिजनका लागि १ खर्ब १० अर्ब ३० करोड रुपैयाँ छुट्याएका थिए । तर, बैशाखसम्म आइपुग्दा १ खर्ब ६३ अर्ब २५ करोड १० लाख रुपैयाँ पुगेको छ ।

सबैभन्दा बढी ग्लोबल आईएमईले लोन लस प्रोभिजनका लागि रकम छुट्याएको छ । कर्जा नोक्सानी व्यवस्थापन गर्न सिद्धार्थ बैंकले ५ अर्ब ९५ करोड १९ लाख, एनआईसी एशियाले ५ अर्ब ३१ करोड ९३ लाख, एनएमबिले ५ अर्ब ८८ करोड ८६ लाख र प्राइम बैंकले ५ अर्ब ५० करोड ८५ लाख रुपैयाँ सम्भावित जोखिम व्यवस्थाका लागि छुट्याएका छन् ।

यस्तै प्रभु बैंकले ८ अर्ब ७४ करोड ४० लाख, कृषि विकासले ७ अर्ब ४५ करोड ४० लाख, सिटिजनले ४ अर्ब ६८ करोड ३५ लाख, सनराइजले ४ अर्ब १७ करोड १२ लाख, माछापुच्छ्रेले ३ अर्ब ३७ करोड ५३ लाख, लक्ष्मीले ३ अर्ब ९० करोड ९८ लाख, सानिमाले ३ अर्ब ४५ करोड १ लाख, नेपाल एसबीआईले ३ अर्ब २ करोड २७ लाख र एभरेष्टले २ अर्ब ९५ करोड ३५ लाख रुपैयाँ सम्भावित जोखिम व्यवस्थाका लागि छुट्याएका छन् ।

नबिल बैंकले ११ अर्ब १३ करोड, नेपाल इन्भेष्टमेन्ट मेगाले १२ अर्ब ९५ करोड, स्ट्याण्डर्ड चार्टडले २ अर्ब २८ करोड, हिमालयनले १० अर्ब १२ करोड, कुमारीले ११ अर्ब ८० करोड र ग्लोबल आईएमई १४ अर्ब ५ करोड ५० लाख रुपैयाँ छुट्याएका छन् ।

राष्ट्र बैंकको तथ्याङ्कअनुसार सरकारी स्वामित्वमा रहेको राष्ट्रिय वाणिज्य बैंकले सम्भावित जोखिम व्यवस्थाका लागि ९ अर्ब २८ करोड रुपैयाँ छुट्याएको छ ।

आर्थिक मन्दीका कारण बैंकहरुले प्रवाह गरेको ऋण लगानी उठाउन सकस परिरहेको छ । यसले गर्दा उनीहरुको खराब कर्जा बढेको छ । ऋण प्रवाहको जोखिमकै आधारमा बैंकहहरुले प्रोभिजनमा पैसा बढाउनुपर्छ । सम्भावित कर्जा नोक्सानीवापतको प्रोभिजन रकम वृद्धि हुँदा बैंकहरुको नाफा प्रभावित हुन्छ ।

अहिले बैंकहरुमा रकम धेरै भए पनि उनीहरुले नयाँ कर्जा लगानी गर्न सकिरहेका छैनन् । लगानीमा गएका कर्जा असुलीका लागि बरु ब्याजदरमा छुटको स्किम ल्याइरहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर