उषा र ललनासँग लेन जीको ‘चुम्दा मायाले’ रिलिज (भिडिओ) – Nepal Press

उषा र ललनासँग लेन जीको ‘चुम्दा मायाले’ रिलिज (भिडिओ)

काठमाडौं । गायक सरोज साजन श्रेष्ठ र गायिका समीक्षा अधिकारीको स्वरमा समावेश ‘चुम्दा मायाले’ बोलको गीतको भिडिओ सार्वजनिक भएको छ । लम्साल यादवको शब्दमा अर्जुन पोखरेलले निकै रोमान्टिक गीत तयार पारेका छन् । गीतको अडियो कर्णप्रिय छ । जसलाई विशेषगरि, टिकटकमा रुचाउने देखिन्छ ।

यो गीतको भिडिओलाई माइकल चन्दले निर्देशन गरेका हुन् । माइकलले भिडियोमा लेन जी, उषा उप्रेति र ललना चिमरियालाई अभिनय गराएका छन् । यी तिन जनाको केमेष्ट्री भिडियोमा गज्जब देखिएको छ । तीनै जनाले भिडियोमा खुलेरै नृत्य समेत गरेका छन् ।

माइकल स्टेप अप एन्ड आर्टस् एकेडेमीको कोरियोग्राफीमा तयार भएको भिडियोमा सिलन लम्सालको सम्पादन, नवराज उप्रेतिको छायांकन छ । भिडिओ र गीतले दर्शकको मन जित्ने विश्वास गर्न सकिन्छ ।

भिडिओ:

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर