गमलाको बिरुवाले थप्यो फुटपाथको सुन्दरता (तस्बिरहरु) – Nepal Press

गमलाको बिरुवाले थप्यो फुटपाथको सुन्दरता (तस्बिरहरु)

काठमाडौं । काठमाडौं महानगरपालिकाले सडक किनारामा गमलामा विरुवा रोपेको छ । सहरी हरियालीका लागि १ लाख वटा विरुवा रोप्ने अभियानअन्तर्गत महानगरको २८ नम्बरको वडाले सडक किनारमा गमलामा विरुवा रोपेको हो ।

अन्य वडाले सडक पेटीमा खनेर विरुवा रोपेको छ भने २८ नम्बर वडाले भने गमलामा विरुवा रोपेको हो । पुतलीसडक, बागबजार, भृकुटीमण्डप, राष्ट्रिय सभा गृहको फुटपाथमा विभिन्न प्रजातीको विरुवा रोपेको छ ।

सडक किनारको दायाँबायाँ १५५ बढी गमलामा कपुर, धुपी र समीका विरुवा रोपेको छ । साथै फूलका विरुवाहरु समेत लगाएको छ । फुटपाथको गमलामा विभिन्न प्रजातिको विरुवा रोपेसँगै सडक आर्कषक देखिएको छ ।

एक लाख विरुवा रोप्ने अभियानको थालनी गर्दै यसअघि काटेश्वर जडीबुटी सडक खण्डमा १२० वटा कपुरका विरुवा रोपिएका थिए । सहरी हरियालीका लागि १ लाख विरुवा रोप्ने सपना पूरा गर्ने अभियानमा रहेको महानगरले जनाएको छ ।

सहरी हरियालीका लागि धार्मिक मान्यता पाएका, फुल फुल्ने, फल फल्ने र बास्ना आउने बिरुवा रोपेर हरियाली बचाउने, वानस्पतिक र जैविक विविधता जोगाउने प्रयास थालिएको प्रमुख बालेन शाहको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *