ट्वीटरको नयाँ नियम: अनभेरिफाइड अकाउन्टले दैनिक ६०० पोस्ट मात्रै हेर्न पाउने – Nepal Press

ट्वीटरको नयाँ नियम: अनभेरिफाइड अकाउन्टले दैनिक ६०० पोस्ट मात्रै हेर्न पाउने

काठमाडौं । ट्वीटरले ल्याएको नयाँ नियम अनुसार अब अनभेरिफाइड अकाउन्टबाट दैनिक ६०० पोस्ट मात्रै हेर्न सकिनेछ । यस्तै नयाँ अनभेरिफाइड अकाउन्टबाट भने ३०० पोस्ट मात्रै हेर्न सकिनेछ ।

भेरिफाइड अकाउन्टबाट भने प्रति दिन ६ हजार पोस्ट हेर्न सकिनेछ । ट्विटरका सीइओ एलन मस्कले एक पोस्ट गर्दै यस्तो जानकारी दिएका हुन् । पोस्ट लिमिट भएसँगै ट्वीटरमा मस्कको सार्वजनिक आलोचना सुरु भएको छ ।

डेटा दुरुपयोगलाई रोकथाम गर्न यस्तो गरिएको मस्कले उल्लेख गरेका छन् । उनले अहिलेको यो प्रयोगलाई अस्थायी भनेका छन् भने आगामी दिनमा भने भेरिफाइडले ८ हजार, अनभेरिफाइडले ८०० र नयाँ अनभेरिफाइडले ४०० सम्म पोस्ट हेर्न सक्ने नियम ल्याइने मस्कले उल्लेख गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *