एनएमबी बैंकको ‘खेती कर्जा’ कसरी र कसले पाउने ?
काठमाडौं । एनएमबी बैंकले किसानहरुका लागि ‘एनएमबी खेती कर्जा’ सार्वजनिक गरेको छ । शुक्रबार बैंकले सार्वजनिक गरको कर्जाका लागि किसानहरुले ‘खेती एप’मार्फत जानुपर्छ । कर्जा उत्पादनसँग जोडिएका किसानहरुलाई कृषि सामग्री खरिदका लागि दिइने छ ।
‘खेती मोबाइल एप’ के हो ?
खेती किसानका समस्याको समाधान तथा बजार व्यवस्थापनको डिजिटल माध्यम ‘खेती एप’ हो । जसबाट किसानहरुले बजार माग तथा बिक्री वितरणका बारेका डिजिटल रुपमा बुझ्न तथा प्रयोग गर्न सक्छ । एप सर्वसाधारणहरुले निःशुल्क रुपमा चलाउन सक्छन् ।
किसानहरुका समस्याहरुको सामाधानका लगि एप बनाइएको हो । हालसम्म खेती एप चलाउने ३० हजारभन्दा बढी प्रयोगकर्ता रहेका छन् । जसमा १० हजारभन्दा बढी ‘एक्टिभ’ प्रयोगकर्ता रहेको एपका संस्थापक तुल्सी गिरी बताउँछन् ।
आजभन्दा १४ वर्ष अघिबाट प्रत्यक्ष रुपमा कृषिमा निरन्तर काम गरिरहेका गिरी अहिले ‘खेती मोबाइल एप’ मा सीईओ छन् । स्थानीय कृषि तथा खाद्यान्न क्षेत्रमा एक दशकभन्दा लामो अनुभव भएका गिरीले ‘खेती मोबाइल एप’ को अवधारणा सन् २०१६ मा ल्याएका थिए । आधुनिक युगमा प्रविधिमय कृषि बनाउन उनको अतुलनीय याेगदान रहेको छ ।
गिरीले सन २०१९ मा ‘खेती माेबाइल एप’ लाई पूर्णता दिएका हुन् । गिरी भन्छन, ‘डिजिटल रुपमा डाटाहरुलाई नहेर्दासम्म किसानले कसरी उत्पादन, बिक्री वितरण तथा बजारको अवस्था कस्तो रहेको छ भन्ने कुरा थाहा पाउन सकिँदैन । त्यसैकारण कृषिले बजार पाइरहेको हुँदैन । बजारको मागलाई सम्बोधन गर्न र कृषिलाई डिजिटल रुपमा लैजान ‘खेती एप’ को अवधारण ल्याइएको हो ।’
किसानले एनएमबी कर्जाका लागि ढुक्क हुने आधार खेती एप रहेको गिरी बताउँछन् । ‘जसमा किसानले कुनै पनि कृषि सामग्री खरिद गरिसकेपछि किसानले आफैंले सामग्री प्राप्त गरिसकें भनेर ‘ब्याक एण्ड एप्लिकेशन’ नभरेसम्म कर्जा सुरु हुँदैन । जसका लागि किसानले ढुक्क भएर आफूलाई आवश्यक सामग्री खरिद अथवा अनलाइनमार्फत माग गर्न सक्नेछन्’, उनले भने ।
बैंकले किसानहरुलाई कर्जामात्रै प्रदान गर्ने बैंकका डिजिटल व्यवस्थापक शिवराज उपाध्यायले बताए । उनले भने, ‘कर्जाका लागि बैंकसँग ७/८ प्यारामिटरहरु रहेका छन् । जसबाट कर्जाका लागि योग्य किसानलाई छनोट गरिन्छ । किसानहरुलाई गोल्ड, सिल्भर र प्लाटिनियम गरेर वर्गीकरण गरेको आधारमा कर्जा प्रदान गर्ने व्यवस्था गरिएको छ ।’
उपाध्याय भन्छन, ‘बैंकले खेती एपबाट प्राप्त भएको डाटालाई चेकजाँच गर्ने गर्छ । जसमा अन्य बैंकबाट कति कर्जा लिएको छ ? पैसाको कारोबार कस्तो छ ? जस्ता सामान्य जानकारी हरेर वास्तविक किसानलाई पहिचान गर्ने काम गर्छ ।’
त्यसको छनोटपछि कर्जा लिन योग्य किसानलाई वर्गीकरणको आधारमा १ लाख, १ लाख ५० हजार र २ लाखसम्म कर्जा दिने व्यवस्था रहेको छ । बैंकले आफ्नै एप बनाएरमात्रै कर्जा प्रवाह गर्छ भन्नेमात्रै नभएर बैंकले अब आफ्नो सेवा पनि विस्तार गर्न सक्छ भन्ने सोचका साथ ‘खेती एप’ सँगकाे सहकार्यमा काम अगाडि बढेको उपाध्यायले बताए ।
कस्ता किसानहरुलाई कति कर्जा प्रवाह गरिन्छ ?
किसानले अधिकतम सीमा २४ महिनाको लागि १० हजारदेखि २ लाख रुपैयाँसम्म कर्जा पाउनेछन् । कर्जाको न्यूनतम अवधि ३ महिनाको हुने जनाइएको छ । कर्जा लिन किसानको खाता एनएमबी बैंक र खेती एप दुबैमा हुनुपर्ने प्रावधान रहेको छ ।
किसानको योग्यता र क्षमताको आधारमा कर्जा प्रवाह गरिनेछ । जसमा ‘खेती’ एपले प्रयोगकर्ताको क्रियाकलापहरुको आधारमा छनोट गर्दछ । अहिले बागमती र गण्डकी प्रदेशका किसानलाई मात्रै कर्जा उपलब्ध गराइने छ ।
त्यस्तै, पछिल्लो एक वर्षदेखि खेती एपमा आवद्ध किसान यस्तो कर्जा लिन योग्य हुनेछन् । कुनै किसानले लिएको कर्जा साँवा वा ब्याज भुक्तानी नगरेमा कालोसूचीमा राखी भविष्यमा कर्जाको लागि अयोग्य मानिने छ ।
नेपालमै पहिलोपटक ०.५ प्रतिशतमै कृषि कर्जा : सीईओ केसी
बैंकका सीईओ सुनिल केसीले किसानलाई सस्तोमा खेती कर्जा दिने बताए । आधार दरमा थप ०.५ प्रतिशत मात्रै प्रिमियम लिएर कृषि कर्जा प्रदान गर्ने उनको भनाइ छ । नेपालको बैंकिङ्ग इतिहासमा पहिलो पटक सबैभन्दा कम लागतमा सहुलियतपूर्ण कर्जाबिना व्यवसायिक रुपमा कर्जा प्रवाह गरेको उनले बताए ।
सीईओ केसीले भने, ‘अन्य कृषि कर्जामा आधार दरमा २ प्रतिशत प्रिमियम लिने व्यवस्था भएपनि यस प्रडक्टमा आधार दरमा ०.५ प्रतिशत प्रिमियम जोडेर कर्जा उपलब्ध गराउँछौं, सहुलियतपूर्ण कर्जा नभइकन व्यवसायिक रुपमा कम दरमा कर्जा प्रवाह गरेको नेपालको बैंकिङ्ग इतिहासमा पहिलो पटक हो ।’
-प्रवर्द्धनात्मक समाचार