राम्रो हेरचार नगरेपछि थाइल्याण्डले श्रीलंकाबाट फिर्ता लग्यो हात्ती, श्रीलंकाली प्रधानमन्त्रीले मागे माफी – Nepal Press

राम्रो हेरचार नगरेपछि थाइल्याण्डले श्रीलंकाबाट फिर्ता लग्यो हात्ती, श्रीलंकाली प्रधानमन्त्रीले मागे माफी

काठमाडौं । आफूले दिएको एउटा हात्ती श्रीलंकाले राम्रोसँग हेरचार नगरेको भेटिएपछि थाइल्याण्डले फिर्ता लगेको छ । दुई दशक श्रीलंकामा रहेको थाई हात्तीलाई राम्रो हेरचाह नगरेकोमा श्रीलंकाका प्रधानमन्त्री दिनेश गुरुवर्देनाले सदनमै माफी मागेको जमर्नीको विश्व च्यानल डीडब्ल्यूले उल्लेख गरेको छ ।

२९ वर्ष उमेरको मुथु राजा र साक सुरिन नामले परिचित हात्ती ४ टनको छ । श्रीलंकाको बौद्ध मन्दिरमा यातना र हेंला गरेर राखिएको उक्त हात्तीलाई थाइल्याण्डले सात लाख अमेरिकी डलर खर्चेर स्वदेश फिर्ता लगेको छ ।

थाइल्याण्डमा हात्तीलाई हाइड्रोथेरापीको प्रक्रिया गर्ने बताइएको छ । धेरै दुःख पाएको हात्तीलाई उद्धार गर्न श्रीलंकाको एनिमल राइट्स एण्ड इन्भाइरोमेन्ट (रेयन) नामक संस्थाले पहल गरेको थियो ।

दुई दशक अगाडि उपहार दिएको हात्तीलाई धेरै दुःख दिएकोमा फिर्ता लगेको घटनाले दुई देशको सम्बन्धमै समस्या देखिएको विश्व मिडियाहरुले उल्लेख गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर