टेस्ट राष्ट्रविरुद्ध पहिलो जीत निकाल्ने दाउमा नेपाल, आयरल्यान्डसँग मैदानमा उत्रँदै – Nepal Press

टेस्ट राष्ट्रविरुद्ध पहिलो जीत निकाल्ने दाउमा नेपाल, आयरल्यान्डसँग मैदानमा उत्रँदै

काठमाडौं। नेपालले आज टेस्ट राष्ट्र आयरल्यान्डसँग प्रतिस्पर्धा गर्दै छ ।

जिम्बाबेमा जारी आईसीसी पुरुष क्रिकेट विश्वकप छनोटअन्तर्गत नेपालले आयरल्यान्डसँग प्रतिस्पर्धा गर्न लागेको हो ।

सुपर सिक्समा पुग्न नसकेका दुवै टोलीले आज सातौँ स्थानका लागि खेल्न लागेका हुन । सो खेल हरारेस्थित टाकासिंगा स्पोर्ट्स क्लबमा नेपाली समयअनुसार दिउँसो १२ः४५ बजेबाट सुरु हुने जनाइएको छ ।

नेपालले टेस्ट राष्ट्रविरुद्ध एक दिवसीय खेल्न लागेको यो तेस्रो पटक हो । यसअघि टेस्ट राष्ट्रविरुद्ध भएको दुवै खेलमा नेपाल पराजित हुन पुगेको थियो ।

नेपालले विश्वकप छनोटमा समूह चरणमा टेस्ट राष्ट्रविरुद्धको खेलमा आयोजक जिम्बाबे र वेस्ट इन्डिजविरुद्ध हार बेहोरेको थियो । आज तेस्रो टोलीसँग खेल्न लागेको नेपालले आफ्नो जादु देखाउने अपेक्षा गरिएको छ ।

नेपालले आयरल्यान्डविरुद्ध जित निकाल्न सके टेस्ट राष्ट्रविरुद्ध पहिलो जित हुने छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *