यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
काठमाडौं । नेपाल राष्ट्र बैंकले मङ्गलवारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलरको खरिद दर १३० रुपैयाँ ८४ पैसा र बिक्री दर १३१ रुपैयाँ ४४ पैसा तथा युरो एकको खरिद दर १४२ रुपैयाँ ५४ पैसा र बिक्री दर १४३ रुपैयाँ १९ पैसामा कारोबार गर्न सकिने भएको छ ।
हिजो अमेरिकी डलर एकको खरिद दर १३०.९७ रुपैयाँ रहेको छ भने बिक्री दर १३१.५७ रुपैयाँ रहेको थियो भने युरोपियन युरो एकको खरिद दर १४२.९१ रुपैयाँ रहेको छ भने बिक्री दर १४३.५७ रुपैयाँ कायम गरी कारोबार हुन गएको थियो ।
बेलायती पाउण्ड स्टर्लिग एकको खरिद दर १६५ रुपैयाँ ८४ पैसा र बिक्री दर १६६ रुपैयाँ ६० पैसा, अस्ट्रेलियन डलर एकको खरिद दर ८७.७ रुपैयाँ रहेको छ भने बिक्री दर ८७.४७ रुपैयाँ तथा क्यानेडियन डलर एकको खरिददर ९८ रुपैयाँ ७२ पैसा र बिक्रीदर ९९ रुपैयाँ १७ पैसामा कारोबार गर्न सकिनेछ ।
उता, जापनिज येन १० को खरिदमा ९ रुपैयाँ ४ पैसा र बिक्रीदर ९ रुपैयाँ ८ पैसा तथा दक्षिण कोरिया १०० को खरिदमा १० रुपैयाँ १ पैसा र बिक्रीदर १० रुपैयाँ ५ पैसामा कारोबार हुनेछ ।
यसै गरी, कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ९० पैसा र बिक्री दर ३६ रुपैयाँ ०७ पैसामा कारोबार हुने जनाएको राष्ट्र बैंकले साउदी रियाल एकको खरिद दर ३४.८८ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.०४ रुपैयाँ तथा मलेसियन रिंगिट एकको खरिद दर २८.०३ रुपैयाँ रहेको छ भने बिक्री दर २८.१६ रुपैयाँमा किनबेच हुनेछ ।