तीन दलका शीर्ष नेताहरूसँग छलफलपछि सभामुखले भने- अब समितिको सभापति चयन गर्न बाटो खुल्यो (भिडिओ)
नेपाल प्रेस
२०८० असार १९ गते १२:४५
काठमाडौं । सभामुख देवराज घिमिरेले अब आफूलाई संसदीय समितिको सभापति चयन गर्ने बाटो खुलेको बताएका छन्।
तीन दलका शीर्ष नेताहरूसँग छलफलपछि उनले सभापति चयन गर्दा भएसम्म समझदारी नभए निर्वाचनबाट गर्ने बताए।
उनले भने, ‘लामो समयदेखि संसदीय समिति नेतृत्वविहीन छ। ज्येष्ठ सदस्यहरूबाट बैठक चलाइराख्नुपर्ने अवस्था छ। त्यो परिस्थितिको अन्त्य गर्नुपर्छ। तपाईँले मलाई चुनाव गर भन्नुहुन्छ भने मिलाउनुहुन्छ कि के गर्नुहुन्छ ? तपाईँहरूले प्रयास गर्नुभएन भने मैले मेरो स्टेप चाल्नुपर्ने हुन्छ भनेँ।’
उनले अब अविलम्ब टुङ्ग्याइहाल्नुपर्छ भन्ने विषयमा शीर्ष तहमा सहमति भएको जिकिर गरे।
प्रतिक्रिया