तीन दलको शीर्ष नेताहरूको बैठकमा कोशी सरकार गठनको विषय पनि प्रवेश (भिडिओ)
काठमाडौं । सभामुख देवराज घिमिरेले बोलाएको तीन दलको शीर्ष तहको बैठकमा कोशीमा नयाँ सरकार गठनको विषयले पनि प्रवेश पाएको छ।
कानूनमन्त्री धनराज गुरुङको अनुसार बैठकमा कोशीमा नयाँ सरकार गठनको विषयमा छलफल भएको बताए।
उनले बैठकपछि सञ्चारकर्मीहरूसँगको कुराकानीको क्रममा भने, ‘कोशी सरकार गठनको विषयमा पनि केही कुरा उठ्यो। तर, त्यसको ठोस परिणाममा हामी पुगेनौँ।’
बैठकमा प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओली सहभागी थिए।
नयाँ सरकारलाई लागि गठबन्धनमा पनि सहजै गणित पुग्ने अवस्था छैन । एमालेका हिम्मत कार्की नेतृत्वको सरकार ढलेपछि प्रदेश प्रमुखले असार २१ गतेसम्म नयाँ सरकारको दाबी पेश गर्न आह्वान गरेका छन् । यहाँ गठबन्धनले नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापालाई मुख्यमन्त्री बनाउने निर्णय गरेको छ।