मोबाइल हराए वा नम्बर परिवर्तन भए तुरुन्त बैंकलाई भन्नुस् – Nepal Press

मोबाइल हराए वा नम्बर परिवर्तन भए तुरुन्त बैंकलाई भन्नुस्

काठमाडौं । यदि कसैको मोवाइल हराए वा चोरी भए अथवा नम्बर परिवर्तन भए तुरुन्त बैंक तथा वित्तीय संस्थालाई जानकारी गराउँन नेपाल राष्ट्र बैंकले आव्हान गरेको छ ।

केन्द्रीय बैंकले एक सूचना जारी गर्दै बैंक तथा वित्तिय संस्थामा खाता खोली मोबाइल बैकिङ तथा इन्टरनेट बैकिङ जस्ता सेवा प्रयोग गर्दा फोन नम्बर प्रयोग हुने भएकाले मोबाइलसँगै खाताको रकम चोरी हुनसक्ने भन्दै सचेत गराएको छ ।

केन्द्रीय बैंकले जारी गरेको सुचनामा भनिएको छ, यदि तपाइले कुनै कराणबस मोबाइल नम्बर परिवर्तन गर्नुभयो भने वा तपाइको पुरानो नम्बर अन्य व्यक्तिको हातमा आयो भने तपाइको खातासम्बन्धि विवरण अनधिकृत व्यक्तिको पहुँचमा पुग्न सक्ने जोखिम हुन्छ ।

त्यसैले मोवाइ हराएमा वा नम्बर परिवर्तन भएमा तुरुन्त सम्बन्धित बैंक तथा वित्तिय संस्थालाई जानकारी गराउनुपर्छ ।

मोबाइलमार्फत वित्तिय सेवाको प्रयोग गर्दा आफ्नै नाममा दर्ता भएको नम्बर वा आधिकारिक एप्लिकेशन प्रयोग गर्न केन्द्रीय बैंकले भनेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर