७ रनको अन्तरमा ३ विकेट गुमाएपछि नेपाल संकटमा – Nepal Press

७ रनको अन्तरमा ३ विकेट गुमाएपछि नेपाल संकटमा

काठमाडौं। विश्वकप छनोटअन्तर्गत सातौँ स्थानका लागि आयरल्यान्डविरुद्ध भइरहेको खेलमा नेपाल संकटमा परेको छ।

नेपालले ३९ ओभरमा ७ विकेट गुमाएर एक सय ७५ रन जोडेको छ। नेपालका अर्जुन साउदले ४८, कुशल मल्लले ४४, रोहित पौडेलले २९ र भीम सार्कीले २० रन बनाए।

कुशल भुर्तेलले ८, ज्ञानेन्द्र मल्लले ७ रन बनाए भने दीपेन्द्रसिंह ऐरीले खाता खोल्न सकेनन्। नेपालले ७ रनको अन्तरमा पछिल्ला तीन विकेट गुमाएको थियो।

पहिलो विकेटका लागि २७ रनको साझेदारी गरेको नेपाल कुनै समय १६२-४ रनको स्थितीमा थियो। तर पाचौँ विकेटका रुपमा भीम आउट भएपछि नेपालको पतन सुरु भएको हो। एक सय ६९ रनको स्थितीमा नेपालले कुशल र दीपेन्द्रलाई गुमाएको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर