यी हुन् ३ लाखभन्दा कम मूल्यका मोटरसाइकल, माइलेज कति ? – Nepal Press

यी हुन् ३ लाखभन्दा कम मूल्यका मोटरसाइकल, माइलेज कति ?

काठमाडौं । बजारमा लाखदेखि करोड रुपैयाँसम्मका मोटरसाइकल उपलब्ध छन् । राम्रो र कम बजेटमा सुहाउने ३ लाखभन्दा कम मूल्यमा बजारमा उपलब्ध रहेका मोटरसाइकल हेर्नुहोस्:

पलसर एनएस १२५

बजाज कम्पनीको १२५ सीसीको ‘पल्सर एनएस १२५’ जसको मूल्य २ लाख ८० हजार ९०० रुपैयाँ रहेको छ । यसको बाहिरी बनावट भने अन्य पल्सर जस्तै रहेको छ । यसले ६४.७५ किलोमिटरको माइलेज दिने कम्पनीको दावी छ ।

पल्सर १५० एसडी

बजाज कम्पनीकै अर्को मोटरसाइकल रहेको छ पल्सर १५० एसडी । बजाजका सबै मोटरसाइलको गुणस्तर विश्वसनीय रहेको छ । जसमध्यको पल्सर १५० एसडीको बजार मूल्य २ लाख ९० हजार रुपैयाँ रहेको छ । यसले ४७ किलोमिटरको माइलेज दिन्छ ।

टीभीएस राइडर १२५

टीभीएस कम्पनीको ‘टीभीएस राइडर १२५’ जसको नेपाली बजारमा २ लाख ५९ हजार रुपैयाँ मूल्य रहेको छ । मोटरसाइकलले ६५ किलोमिटरको माइलेज दिने कम्पनीको दाबी छ । १० लिटरको ट्याङ्की रहेको बाइकको बनावट पनि आकर्षक छ ।

आरटीआर १८० २भी

मूल्य २ लाख ७९ हजार ९०० रुपैयाँ रहेको ‘आरटीआर १८० २ भी’ को बनावट लोभलाग्दो रहेको छ । यसले ४५ किलोमिटरसम्मको माइलेज दिने गर्छ ।

एफजेडएस एफआई

डुअल डिक्ससहितको ‘एफजेडएस एफआई’ को मूल्य २ लाख ९७ हजार ९०० रुपैयाँ रहेको छ । १४९ सीसीको यस मोटरसाइकलले ५३ किलोमिटरको माइलेज दिन्छ । जुन लामो यात्रा गर्नेहरुका लागि राम्रो हो ।

बेनेली ७५२ एस

बेनेली ७५२ एस, जसको नेपाली बजारमा २ लाख ५१ हजार १५ हजार रुपैयाँ मूल्य रहेको छ । यस मोटरसाइकलले २० किलोमिटरको माइलेज दिने कम्पनीको दाबी छ ।

होण्डा एक्स ब्लेड १६०

१६० सीसीको होण्डा एक्स ब्लेड १६०, जसको मूल्य २ लाख ९० हजार रुपैयाँ रहेको छ । १२ लिटरको ट्याङ्की रहेको मोटरसाइकलले ४५ किलोमिटरको माइलेज दिने गर्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर