पौडी खेल्ने क्रममा बेपत्ता मजदुर मृत भेटिए

२०८० असार २० गते ८:३३

बलेवा । बागलुङको दरमखोलामा पौडी खेल्ने क्रममा बेपत्ता भएका मजदुर मृत भेटिएका छन् ।
गलकोट नगरपालिकामा निर्माणाधीन दरमखोला जलविद्युत् आयोजनाका मजदुर २२ वर्षीय मिलन कार्की मृत भेटिएका हुन् ।
ओखलढुङ्गा घर भई हाल बागलुङको गलकोट–११ बस्दै आएका कार्की पौडी खेल्ने क्रममा मङ्गलवार साँझ बेपत्ता भएका थिए ।
उनलाई प्रहरीले पूर्व खोलाको बीच भागमा मृत फेला पारेको प्रहरी नायब उपरीक्षक मदन केसीले जानकारी दिनुभयो ।
प्रतिक्रिया
सम्बन्धित खवर