राजेन्द्र गौतमको टिप्पणी- प्रचण्डको अभिव्यक्ति मालिकप्रति स्पष्ट भक्ति र आत्मसमर्पणवादको भद्दा नमुना – Nepal Press

राजेन्द्र गौतमको टिप्पणी- प्रचण्डको अभिव्यक्ति मालिकप्रति स्पष्ट भक्ति र आत्मसमर्पणवादको भद्दा नमुना

काठमाडौं । नेकपा एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सार्वभौम जनताको मतको खिल्ली उठाएको टिप्पणी गरेका छन् ।

असार १८ गतेको कार्यक्रममा आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंह पटक-पटक दिल्ली धाएको बताएका थिए ।
त्यही अभिव्यक्तिपपछि उनले प्रचण्डको भनाई मालिकप्रति स्पष्ट भक्ति, प्रधानमन्त्रीको लाचारी, आत्मसमर्पणवादको भद्दा नमुना भएको बताए ।

उनले ट्वीटरमा लेखेका छन्, ‘प्रितम सिंहप्रति प्रचण्डको भनाई मालिकप्रति स्पष्ट भक्ति, प्रधानमन्त्रीको लाचारी, आत्मसमर्पणवादको भद्वा नमुना । यो सरकारको चावी कहाँ रहेछ ? सार्वभौम जनताको मतको खिल्ली उठाइयो । संविधान र ,संसदको माखोल उठाइयो । धन्य ।’

उनले यो सरकारको चावी कहाँ रहेछ ? भन्दै प्रश्न गरे । त्यसो त एमाले संसदीय दलको बैठकले प्रधानमन्त्रीको राजीनामा माग्ने निर्णय समेत गरिसकेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर