प्रचण्डलाई एमालेको प्रश्न- प्रधानमन्त्री बन्न जनताकहाँ जाने कि दिल्लीतिर ? (भिडिओ)
काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अभिव्यक्तिले देशको शिर निहुरिएको टिप्पणी गरेको छ ।
असार १८ गतेको कार्यक्रममा आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंह पटक-पटक दिल्ली धाएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै एमाले सांसद रघुजी पन्तले आज नेपालीको स्वाभिमानमा ठेस लागेको बताए ।
उनले प्रश्न गर्दै भने, ‘नेपालको प्रधानमन्त्री बन्नको लागि नेपाली जनतातर्फ फर्किने कि दिल्लीतिर जाने हो ? नेपालको प्रधानमन्त्री बन्न दिल्लीतिर जानुपर्ने ? प्रधानमन्त्रीको अभिव्यक्तिले देशको स्वाभिमान गुम्यो ।’
उनले प्रधानमन्त्रीको अभिव्यक्तिबारे सदनमा स्पष्ट जवाफ नआएसम्म सदन चल्न नसक्ने बताए ।
सांसद पन्तले प्रचण्डलाई प्रधानमन्त्री पदमा बस्ने नैतिकताका आधारमा नभएको भन्दै राजीनामासमेत मागे ।