राष्ट्रपति पौडेलको नाममा पोखरामा अनेरास्ववियुकाे १ रूपैयाँ संकलन अभियान – Nepal Press

राष्ट्रपति पौडेलको नाममा पोखरामा अनेरास्ववियुकाे १ रूपैयाँ संकलन अभियान

पोखरा । अनेरास्ववियु र युवा संघले राष्टपति रामचन्द्र पौडेलको नाम एक रुपैयाँ दान अभियान’ सुरु गरेका छन् ।

दुई संगठनका प्रदेश कमिटीले बुधबार प्रदेशसभा बाहिर बुधबार चन्दा संकलन गरेका छन् । गण्डकीका निवर्तमान मुख्यमन्त्री एवं नेकपा एमाले नेता खगराज अधिकारीसहित सांसदहरूले चन्दा दिएका थिए ।

पोखरासहित प्रदेशभर अभियानमार्फत उठ्ने पैसा सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीमार्फत राष्ट्रपति कार्यालयमा पठाइने अनेरास्ववियु गण्डकी प्रदेश सह संयोजक सुशन घिमिरेले जानकारी दिए ।

प्रदेश, जिल्ला तथा स्थानीय तहमार्फत प्रदेशका सबै जिल्लामा अभियान चलाउने सह संयोजक घिमिरेले बताए ।

राष्ट्रपति पौडेलले भारतमा गराएको उपचार खर्चको रकम निकासा गरिदिन परराष्ट्र मन्त्रालयले अर्थ मन्त्रालयलाई लेखेको पत्र बाहिरिएपछि राष्टपति पौडेलको आलोचना भैरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर