बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
नेपाल प्रेस
२०८० असार २१ गते ११:१४
काठमाडौं । साताको पाँचौँ दिन बिहीबार सुनको मूल्य तोलामा एक सय रुपैयाँले वृद्धि भएको छ ।
बुधवार मात्रै प्रतितोला १ लाख १० हजार ६ सय रुपैयाँमा कारोबार भएको सुन आज १ सय रुपैयाँले बढेर १ लाख १० हजार ७ सय रुपैयाँ कायम भएको छ ।
त्यस्तै, अघिल्लो दिन १ लाख १० हजार ५० रुपैयाँमा कारोबार भएको तेजाबी सुन आज प्रतितोला १ लाख १० हजार १५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । त्यसै गरी यस दिन चाँदी तोलामा १५ रुपैयाँले बढेर १ हजार ३ सय ९५ रुपैयाँ कायम भएको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर