कोशीमा उद्धव थापा नेतृत्वको सरकार बनाउन गठबन्धनको पुनः निर्देशन
नेपाल प्रेस
२०८० असार २१ गते ११:४३
काठमाडौं । सत्ता गठबन्धनको शीर्ष नेताहरूको बैठकले कोशी प्रदेशका कांग्रेस संसदीय दलका नेता उद्धव थापालाई मुख्यमन्त्री बनाउन पाँच बजेभित्र दाबी पेश गर्न निर्देशन दिएको छ।
बालुवाटारमा बसेको गठबन्धनको बैठकले माओवादी संसदीय दलको नेता इन्द्र आङ्वो, नेकपा एसका संसदीय दलका नेता राजेन्द्र राईलाई बालुवाटार बोलाएर ५ बजेभित्र पेश गर्न पुनः निर्देशन दिएको नेकपा एसका उपाध्यक्ष राजेन्द्र पाण्डेले बताए।
एमालेका हिक्मत कार्की नेतृत्वको सरकार ढलेपछि त्यहाँ नयाँ सरकार गठनको लागि आज ५ बजेसम्मका लागि प्रदेश प्रमुखले समय दिएका छन्।
प्रतिक्रिया