अफगानिस्तानसँग हारेको भोलिपल्टै बंगलादेशका कप्तानले लिए सन्न्यास – Nepal Press

अफगानिस्तानसँग हारेको भोलिपल्टै बंगलादेशका कप्तानले लिए सन्न्यास

ढाका । विश्वकप सुरु हुन तीन महिना बाँकी रहेको वेला बंगलादेश क्रिकेट टोलीका कप्तान तामिम इकबालले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएको घोषणा गरेका छन् ।

अफगानिस्तानसँगको तीन खेलको श्रृंखलाअन्तर्गत पहिलो खेलमा बिहीबारमात्र बंगलादेश पराजित भएको थियो ।

इकबालले सन् २००७ देखि बंगलादेशका लागि सिनियर अन्तर्राष्ट्रिय क्रिकेट खेलिरहेका छन् । १६ वर्षको यो अवधिमा इकबालले ७० टेस्ट, २४१ ओडीआई र ७८ टी- २० अन्तर्राष्ट्रिय खेलेका छन् । उनले २५ शतक र ९४ अर्धशतक बनाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *