बलात्कार आरोपमा राष्ट्रिय अनुसन्धानका कर्मचारी पक्राउ
नेपाल प्रेस
२०८० असार २१ गते १६:०६
काठमाडौं । बलात्कार आरोपमा राष्ट्रिय अनुसन्धान विभागका कर्मचारी पक्राउ परेका छन् ।
काठमाडौं प्रहरी परिसरअन्तर्गतको महिला सेलले दाङका दामोदर पौडेललाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी प्रवक्ता सिताराम रिजालले जानकारी दिए ।
‘बलात्कारको उजुरी आएपछि उनलाई नियन्त्रणमा लिइएको हो’, रिजालले भने । आफूलाई विवाह गर्ने प्रलोभन देखाएर पौडेलले बलात्कार गरेको पिडितको दाबी छ । विवाह गर्न आलटाल गरेपछि पिडित प्रहरीकहाँ पुगेकी हुन् ।
प्रतिक्रिया
सम्बन्धित खवर