कोशीमा सभामुखको संख्या गनेर सरकार गठनमा दाबी पेश गर्नु असंवैधानिक : शेखर कोइराला – Nepal Press

कोशीमा सभामुखको संख्या गनेर सरकार गठनमा दाबी पेश गर्नु असंवैधानिक : शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कोशी प्रदेश सरकार गठनमा सभामुखको समर्थन लिखित रूपमा पेश गरिने कुरा असंवैधानिक हुने बताएका छन् ।

सत्ता गठबन्धनले सभामुख बाबुराम गौतमको समेत समर्थन देखाएर सकरार गठनको प्रस्ताव लगेका बेला कांग्रेस नेता कोइरालाले त्यसलाई लोकतन्त्रको मर्यादा, अभ्यास र कानूनी शासनको विपरीत हुने बताएका छन् ।

कोइरालाले वक्तव्यमा भनेका छन्, ‘प्रदेश संसद्को सभामुख संलग्न भएको दलको समर्थनमा सरकार निर्माण हुने प्रक्रियामा सो दलले आफ्नो सदस्य संख्यामा सभामुखलाई समेत गणना गरि पठाउने कुराको संबैधानिक ब्याख्या छैन। तर सभामुख आफैले हस्ताक्षर गरेर सरकार गठनमा समर्थन रहेको कुरा लिखित रुपमा पेस गरेको अव स्था हो भने यस्तो कार्य संवैधानिक सर्वोच्चता र लोकतान्त्रिक संसदीय पद्दतिको सिद्धान्तविपरीत हुन जान्छ । सभामुखको संवैधानिक भूमिका भनेको व्यवस्थापिका संसदको कार्य संचालन गर्नु र अध्यक्षता गर्नु हो । यदि संसदमा पेस भएका विषयमा मतदान भएको अवस्थामा मत बराबर भएमा निर्णायक मत जाहेर गर्ने बाहेक कार्यपालिका गठन, विघटन र समर्थनमा सक्रिय रही हस्ताक्षर गर्नु संसदीय लोकतन्त्रको मर्यादा, अभ्यास र कानूनी शासनको विपरीत हुन जान्छ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर