कोशी : सभामुखसहितलाई गनेर उद्धवले गरे मुख्यमन्त्री दाबी
विराटनगर । गठबन्धनले कोशी प्रदेशको मुख्यमन्त्रीको रूपमा नेपाली कांग्रे संसदीय दलका नेता उद्वव थापाले दाबी प्रस्तुत गरेका छन् ।
गठबन्धनमा रहेका दलले सभामुख बाबुराम गौतमसहितको बहुमत संख्या पुर्याएर प्रदेश प्रमुख परशुराम खापुङ्गसमक्ष सरकारको दाबी गरेका हुन् ।
यहाँ गठबन्धनसँग ४६ सांसद छन् । एमाले-राप्रपासँग पनि ४६ नै सीट रहेको छ । राप्रपाले गठबन्धनलाई साथ नदिएपछि सभामुख बाबुराम गौतमलाई माओवादी सांसद गनेर बहुमत पुर्याइएको हो ।
सभामुखले दल त्याग गरिसकेको हुनाले सरकार गठन प्रक्रियामा गणना गरिनु असंवैधानिक हुने भन्दै यसअघि एमाले र राप्रपाले प्रदेश प्रमुखको ध्यानाकर्षण गराइसकेको छ ।
नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मत कार्कीले हस्ताक्षर गरेको ज्ञापनपत्रमा सभामुख बाबुराम गौतमले २०७९ पुस २८ गते सदनमै माओवादी त्यागेको घोषणा गरेको स्मरण गराइएको छ ।