बंगलादेशविरुद्ध हुने मैत्रीपूर्ण फुटबलका लागि नेपाली महिला टोलीको घोषणा
काठमाडौं । बंगलादेशविरुद्ध हुने दुईवटा मैत्रिपूर्ण अन्तर्राष्ट्रिय फुटबल खेलका लागि नेपाली टोलीको घोषणा गरिएको छ ।
अखिल नेपाल फुटबल संघ-एन्फाले जुलाई १३ र १६ तारिखमा हुने खेलका लागि राष्ट्रिय टोली सार्वजनिक गरेको हो। गोलकिपरमा एन्जिलो तुम्बापो सुब्बा, अन्जना रानामगर र उषा नाथ छन् ।
यस्तै, डिफेन्डरमा अमृता जैँशी, गिता राना, हिराकुमारी भुजेल, पुजा राना, विमला विके, निशा थोकर, समिक्षा घिमिरे र अन्चली वाइबा छन् ।
मिडफिल्डरमा रेनुका नगरकोटी, सरु लिम्बु, विमला चौधरी, अनिता बस्नेत, प्रिती राई र दिपा शाही रहेका छन् ।
सावित्रा भन्डारी, अनिता केसी, सविता रानामगर, रश्मीकुमारी घिसिङ र अमिसा कार्की र रेखा पौडेल अग्रपंक्ती सम्हाल्ने सदस्यका रुपमा रहेका छन् ।