समीर नेपालका दुई कृति ‘वर्षका बिहानीहरू’ र ‘नबिर्सने यात्रा’ एकसाथ लोकार्पण
काठमाडौं । राजनीतिज्ञ, मानवअधिकारकर्मी एवं स्रष्टा समीर नेपालका दुई कृतिहरु ‘वर्षका बिहानीहरू’ र ‘नबिर्सने यात्रा’ एकसाथ लोकार्पण गरिएको छ ।
शुक्रबार एक कार्यक्रमका बीच पुस्तकहरु साहित्यकारहरु मञ्जुल, एस्पी कोइराला, गीता त्रिपाठी, हरि गौतम, लेखक लगायतले सामुहिक रुपमा लोकार्पण गरे ।
नेपालको जन्मदिन पारेर बजारमा आएका कृतिहरु ‘वर्षका बिहानीहरू’ उपन्यास साथै ‘नबिर्सने यात्रा’ यात्रा कथा हो ।
भोजपुरको पोखरेमा जन्मिएका नेपालले साहित्य, मानव अधिकार अभियान्ताको भूमिकाको हिसाबले पुर्याएको योगदानबारे लोकार्पण समारोहमा चर्चा गरियो । सार्वजनिक कृतिहरुमाथि डा.गीता त्रिपाठीले समीक्षात्मक टिप्पणी गरेकी थिइन् ।