६ महिना धरानमा गएर काम गर्छु : राजेन्द्र लिङ्देन (भिडिओ)
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले ६ महिना धरान उपमहानगरमा गएर काम गर्ने बताएका छन् ।
राप्रपा सम्पर्क समाज समन्वय विभागको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले हरेक स्थानीय तहलाई राप्रपासँग जोड्न आवश्यक रहेको बताए ।
उनले भने, ‘देशलाई माया गर्ने, धर्मलाई माया गर्ने र देशभित्र नै रोजगारी सिर्जना होस् भनेर चाहना राख्नेहरूको पार्टी राप्रपा हो भनेर बुझाउने र उनीहरूलाई राप्रपामा जोड्ने कामको प्रारम्भ भएको छ । म आफै धरान उपमहानगरपालिकामा ६ महिनाका लागि जाँदै छु । ’
उनले हरेक नेता ६ महिनाका लागि निश्चित स्थानीय तहसँग जोडिनुपर्ने बताए ।
६ महिनामा दैनिक त्यहाँ बस्न सम्भव नभएपछि धेरैजसो समय स्थानीय तहलाई दिने र वडा वडाबाट जनताका कुरा सुन्नुपर्ने उनले बताए ।