कुमारी बैंकका पूर्व सीइओसहित ११ जना विरूद्ध १ अर्ब १० करोड बिगो दाबीसहित मुद्दा – Nepal Press

कुमारी बैंकका पूर्व सीइओसहित ११ जना विरूद्ध १ अर्ब १० करोड बिगो दाबीसहित मुद्दा

काठमाडौं । कुमारी बैंकका तत्कालीन सीइओसहित ११ जनाविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले मुद्दा दायर गरेको छ ।

कुमारी बैंकका तत्कालीन सिइओ अनुजमणि तिमिल्सना र न्युरोड शाखा प्रमुखसमेतलाई प्रतिवादी बनाए र १ अर्ब १० करोड ४३ लाख ३६ हजार ४ सय रुपैयाँ बिगो दाबी कायम गरी विशेष अदालतमा मुद्दा दायर गरिएको हो ।

गैरकानूनी रूपमा कर्जा अपचलन गर्ने काममा संग्लग्न रहेको भेटिएको भन्दै अभियोग उनीहरूमाथि छ ।

कुमारी बैंकका तत्कालीन सिइओ र शाखा प्रमुखसमेतको मिलेमतोमा फर्जी कागजातका बनाएर मेरालायन इन्टरप्राइजेज कम्पनी प्रालिको नाममा प्रयोग गरी प्रतिवादीहरूले सम्पत्ति शुद्धीकरणको कसूर गरेको एक अर्ब १० करोड ४३ लाख बिगो माग दाबी गर्दै मुद्दा दायर भएको हो ।

विभागले सम्पत्ति शुद्धीकरण निवारण ऐन २०६४ को दफा ३० को उपदफा १, २, ७ र ८ बमोजिम अलग–अलग सजाय माग गरेको छ । विभागले त्यसै ऐनको दफा ३४ को उपदफा १ र २ बमोजिम अपचलन भएको रकम जफत गर्न समेत विशेष माग गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर