नारायणगढ-मुग्लिन सडक फेरि अवरुद्ध – Nepal Press

नारायणगढ-मुग्लिन सडक फेरि अवरुद्ध

मुग्लिन । नारायणगढ–मुग्लिन सडक फेरि अवरुद्ध भएको छ ।

आज दिउँसो ४ बजे चितवनको इच्छाकामना–६ कालिखोला पुल नजिक सुक्खा पहिरो खस्दा सडक दुईतर्फी अवरुद्ध भएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ।

अहिले दुईवटा मेसिन प्रयोग गरी पहिरो हटाउने काम सुरु गरिएको सडक डिभिजन कार्यालय भरतपुरका सूचना अधिकारी चण्डेश्वर शाहले जानकारी दिए । पहिरो पन्छाइ सडक सञ्चालन गर्न समय लाग्ने उनले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर