उपभोक्ता समितिको साढे ६ लाख लिएको आरोप लागेका दुई जना पक्राउ – Nepal Press

उपभोक्ता समितिको साढे ६ लाख लिएको आरोप लागेका दुई जना पक्राउ

सुर्खेत । वीरेन्द्रनगर नगरपालिका–३ का वडाध्यक्षसहित दुईजनाको समूहले एउटा उपभोक्ता समितिको साढे ६ लाख रुपैयाँ जफत गरेको भन्दै परेको उजुरीमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ ।

शनिवार रकम जफत गरेर फरार भनिएका सुशील गुरुङ र बलिराज शाहीलाई प्रहरीले वीरेन्द्रनगरबाट नियन्त्रणमा लिएको हो । वडाध्यक्ष विनोदसिंह विष्ट जनप्रतिनिधि भएको हुँदा आइतबार अदालत खुलेपछि पक्राउका लागि आवश्यक प्रक्रिया अगाडि बढाउने जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव निरीक्षक लक्ष्मणबहादुर शाहीले बताएका छन् ।

निरीक्षक शाही भने, ‘जनप्रतिनिधि वडाध्यक्षको नाम जोडिएकाले के रहेछ भनेर शुक्रवार तपाईँहरू आउनुस् भनेको आउनु भएन । शुक्रवार (हिजो) आउँछु नगरपालिकामा काम छ ४ बजेसम्म आउँछु भन्नू भयो आउनु भएन । हामीले अन्य दुई जनालाई लिएर पनि आउनुस् भन्दा भनेर भनेका थियौँ उहाँले मोबाइल स्वीचअफ गर्दिनु भयो । आज बिहान पनि बोलायौँ बिहान पनि आउनु भएन । त्यसपछि अन्य दुई जनालाई नियन्त्रण लिएका हौँ ।’

उपभोक्ता समितिले जाहेरीमा वडाध्यक्ष पनि साची रहेको र अन्य दुई जना पनिलाई नियन्त्रण गरिपाऊँ भनेको हुँदा दुई जनालाई नियन्त्रणमा लिएका छौँ । उनीहरूलाई सोधपुछ गर्दा साढे ६ लाख रुपैयाँ लिएको र २ लाख वडाध्यक्षलाई दिएको भनेर बयान दिएका छन् । यस विषयमा थप अनुसन्धान र छलफल भइरहेको छ ।

साथै, चार लाख रुपैयाँ सुशील र ५० हजार रुपैयाँ बलिराज आफैँले लिएको स्वीकारेको निरीक्षक शाहीले जानकारी दिए । खोर्केखोला तटबन्ध उपभोक्ता समितिको रकम जफत गरेर फरार भएको भन्दै गत बिहीबार उजुरी परेको थियो ।

यही विषयमा कुराकानी गर्न खोज्दा लागि वडाध्यक्ष विष्टलाई फोन गर्दा उठेन ।

त्यस्तै, वडाध्यक्ष विष्टले वडाका भौतिक पूर्वाधार समिति संयोजक एवं सरसफाइ तथा फोहर मैला व्यवस्थापन समितिका सञ्चालक बलिराज शाहीलाई सोधपुछका लागि प्रहरीले बोलाएर दुर्व्यवहार गरेको भन्दै प्रेस विज्ञप्ति निकालेका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘आर्थिक लेनदेनसँग नजोडिने कानुनी नीतिमा टेकेको प्रहरी प्रशासनलाई वीरेन्द्रनगर नगरपालिकाको न्यायिक समितिसँग सम्बन्धित उपभोक्ता समिति र भुक्तानी लिनुपर्ने व्यवसायीबीच लेनदेनको विषयमा यति धेरै चासो किन भयो ? यसप्रति गम्भीर ध्यानाकर्षण भएको छ ।’

निरीक्षक शाहीका अनुसार प्रहरीबाट त्यस्तो कुनै कार्य नभएको बताएका छन् ।

यो पनि पढ्नुहोस्- के हो सुर्खेतको उपभोक्ता समितिको रकम लुटपाट विवाद ? वडाध्यक्ष भन्छन्- सुनको जुत्ता लाएर जन्मेको मान्छे हुँ (भिडिओ)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर