एमालेले प्रधानमन्त्री प्रचण्डको राजीनामा मागेर गल्ती गर्‍यो : राजेन्द्र पाण्डे – Nepal Press

एमालेले प्रधानमन्त्री प्रचण्डको राजीनामा मागेर गल्ती गर्‍यो : राजेन्द्र पाण्डे

काठमाडौं । एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले एमालेले स्पष्टीकरणको मौका समेत नदिई प्रधानमन्त्री पुष्पकमल दाहालको राजीनामा माग गरेर गल्ती गरेको टिप्पणी गरेका छन् ।

शनिवार समाजवादी मोर्चाको बैठकपछि सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले प्रधानमन्त्री दाहाललाई स्पष्टीकरणको मौकासमेत नदिई राजीनामा मागेर एमाले फसेको दाबी गरे ।

उपाध्यक्ष पाण्डेले सत्तारुढ गठबन्धनले प्रधानमन्त्री दाहालले राजीनामा दिन नपर्ने निर्णय लिएको समेत स्मरण गराए ।

उनले भने, ‘यसको बारेमा त तपाईँले अस्ति तिरै थाहा पाई सक्नुपर्ने हो । गठबन्धनमा सरकारका सामेल भएका सबै दलहरू बालुवाटारमा अस्ति नै बसेको बैठकमा उपस्थिति थियौँ । राजीनामा गर्नु पर्दैन । एक त एमालेले असंसदीय, गैर संसदीय व्यवहार देखायो । प्रधानमन्त्रीको राजीनामाको प्रश्न थियो भने पनि उहाँहरूले बोल्नु पर्थ्यो । संसदमा माग गर्ने विषय हुन्थ्यो । र, राजीनामा लिएर आऊ भन्ने कुरा हुँदैन । संसदमा उहाँहरूले कुरा उठाउन सक्नु हुन्थ्यो । के बोलेको हो तपाईँले भनेर प्रधानमन्त्रीसँग क्लियरिफिकेशन माग्न सकिन्थ्यो । तर उहाँहरूले पहिल्यै राजीनामा माग्नु भयो । मलाई लाग्छ–एमाले पार्टी फस्यो, संसदीय मोर्चामा । यो गलत काम हो ।

एमालेले भारतीय नागरिक प्रितम सिंहबारे दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै प्रधानमन्त्री दाहालको राजीनामा माग गर्दै संसद् बैठक अवरुद्ध गर्दै आएको छ ।


प्रतिक्रिया

3 thoughts on “एमालेले प्रधानमन्त्री प्रचण्डको राजीनामा मागेर गल्ती गर्‍यो : राजेन्द्र पाण्डे

  1. हो त है ! उहाँले बढो सही बोल्नुभएको थियो । राष्ट्रघाती अभिव्यक्ति दिने प्रधानमन्त्रीको राजीनामा मागेर एमालेले गल्ती गर्यो । फटाहा कुरा गर्न अलिकति नि लाज लाग्दैन तपाईंलाई ?

  2. प्रचण्डले उनलाई दिल्लीले प्रधानमन्त्री बनाईदिएको भन्दा चाहिँ ठिक भयो तिमीलाई ? कम्युनिष्ट, समाजवादी ई. भन्न लाज छैन अलिकति ? त्यसैले त माधव र उनका पुच्छर पतनको बाटोमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर