४ हजार धरौटीमा छुटे उपभोक्ता समिति अध्यक्ष कुटेको आरोपमा पक्राउ परेका वडाध्यक्ष गुरुङ – Nepal Press

४ हजार धरौटीमा छुटे उपभोक्ता समिति अध्यक्ष कुटेको आरोपमा पक्राउ परेका वडाध्यक्ष गुरुङ

पोखरा। उपभोक्ता समितिका अध्यक्षलाई कुटपिट गरेको आरोपमा पक्राउ परेका माछापुच्छ्रे गाउपालिका ८ का वडाध्यक्ष राम गुरुङ धरौटीमा रिहा भएका छन् ।

गुरुङ ४ हजार रुपैयाँ धरौटी बुझाएर रिहा भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

वडाध्यक्ष गुरुङले हातपात गरेको भन्दै उपभोक्ता समितिको अध्यक्ष अमृत भण्डारीलेले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । उजुरीको आधारमा वडाध्यक्ष गुरुङलाई बुधबार प्रहरीले पक्राउ गरेको थियो ।

कांग्रेसबाट वडाध्यक्ष बनेका गुरुङले उपभोक्ता समितिको अध्यक्ष अमृत भण्डारीलाई हातपात गरेको भन्दै नेकपा एमाले माछापुच्छ्रे ७ र ८ वडा कमिटीले मंगलबार वडा कार्यालयमा तालाबन्दी गरेको थियो । तर, जाहेरी दर्ता भएपछि एमालेले वडा कार्यालय लगाएको ताला बुधबार खोलेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर