कारमा ग्याँस सिलिन्डर पड्किँदा सात पाकिस्तानीको मृत्यु, १४ घाइते – Nepal Press

कारमा ग्याँस सिलिन्डर पड्किँदा सात पाकिस्तानीको मृत्यु, १४ घाइते

लाहौर । पाकिस्तानको पञ्जाब प्रान्तमा शनिवार एउटा ठूलो दुर्घटना भएको छ ।

पञ्जाबको सरगोधा जिल्लाको भलवल तहसीलमा रहेको सरकारी कलेज अफ कमर्स नजिकै एउटा गाडीको ग्यास सिलिन्डर विस्फोट भएको अधिकारीहरूले बताएका छन्।

यसबाट सात जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् ।

दुर्घटना बारे उद्धार ११२२ को नियन्त्रण कक्षले जानकारी दिँदै सात जनाको घटनास्थलमै मृत्यु भएको बताइएको छ ।

अन्य १४ जना घाइते भएका छन्, जसमध्ये सात जनाको अवस्था गम्भीर छ ।

सबैलाई भलवल तहसील मुख्यालय अस्पतालमा भर्ना गरिएको छ। मृतकमध्ये पाँच जनाको सनाखत हुन सकेको छैन ।

स्रोतका अनुसार शनिवार ८ः३५ बजे रेस्क्यू ११२२ लाई सिलिन्डर विस्फोट भएको फोन आएको थियो ।

नौ एम्बुलेन्स, तीन दमकल र एक उद्धार गाडी सात मिनेटमा घटनास्थलमा पठाइयो।

गारा ब्रदर्स ट्रान्सपोर्टको हाइएस गाडीमा पेट्रोलियम ग्यास सिलिन्डरबाट ग्यास चुहिएर आगलागी भएको बताइएको छ ।

अस्पताल पुर्‍याइएको घाइतेहरूमा चार र १२ वर्षका दुई बालबालिका र ५० वर्षका दुई वृद्ध पुरुषहरू थिए।

गत महिना देशभर तीनवटा छुट्टाछुट्टै ग्यास सिलिन्डर विष्फोटमा परी तीन बालबालिकासहित कम्तीमा पाँच जनाको मृत्यु भएको थियो भने सात जना घाइते भएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर