कर्णाली प्रदेश रंगशालाको भौतिक प्रगति ६० प्रतिशत – Nepal Press

कर्णाली प्रदेश रंगशालाको भौतिक प्रगति ६० प्रतिशत

सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर निर्माणाधीन प्रदेश गौरवको आयोजनाको प्रदेश रंगशालाको ६० प्रतिशत भौतिक प्रगति भएको छ । ४६ प्रतिशत वित्तीय प्रगति भएको छ।

आइतबार कर्णाली प्रदेश खेलकुद विकास परिषद्को आर्थिक वर्ष २०७९/८० मा भएको कामको प्रगति विवरण सार्वजनिक गर्दै सदस्य सचिव विश्वामित्र सञ्जालले रंगशाला थ्री डी एनिमेसन दर्शक प्याराफिटमा ४ हजार कुर्सी जडानको कार्य सकिएको र भिआइपी तर्फको प्याराफिटमा सिभिल निर्माण कार्य अन्तिम चरणमा रहेको बताए ।

यस्तै फिनिसिङ्ग र छाना निर्माणको कार्य बाँकी रहेको उनले जनाए ।

आर्थिक वर्ष २०७९/८० मा असार २३ गतेसम्म चालू तर्फ ३ करोड ७२ लाख १५ हजार र पूँजिगत तर्फ ६१ करोड ७ लाख ५६ हजार गरी जम्मा ६४ करोड ७९ लाख ७१ हजार खर्च भएको जनाइएको छ ।

आगामी वर्षमा प्रदेश खेलकुद अन्तर्गत चालु तर्फ ८ करोड ३२ लाख ७६ हजार र पूँजिगत तर्फ ९१ करोड ८७ लाख गरी जम्मा १ अर्ब १९ लाख ७६ हजार विनियोजन भएको छ ।

त्यस्तै, प्रदेश रंगशाला निर्माणमा ८५ करोड, हुम्ला हक्की खेल मैदान ५० लाख, कालीकोट कवर्ड हल निर्माण ६० लाख, दशौँ राष्ट्रिय खेलकुद लक्षित विभिन्न खेल मैदान मर्मत सुधार २ करोड, चिसापानी खेल मैदान निर्माण सुर्खेत २४ लाख, मैनतडा खेल पूर्वाधार निर्माण सुर्खेत १८ लाख, चौरहजारी क्रिकेट मैदान निर्माण रुकुम पश्चिम ६० लाख, कालिन्चोक खेल मैदान निर्माण सुर्खेत २५ लाख, जिल्ला स्तरीय खेलकुद मैदान निर्माण २ करोड, कुदु रंगशाला निर्माण जाजरकोट १५ लाख, दशौँ राष्ट्रिय खेलकुद तयारीको लागी ७० लाख, प्रदेश स्तरीय टिम तयारी तथा प्रशिक्षणको लागी जम्मा ४ करोड ७० लाख मुख्यमन्त्री कप जिल्ला र प्रदेश स्तरमा १ करोड १० लाख विनियोजन गरिएको छ ।

सचिव सञ्जालका अनुसार कबर्ड हलको छाना बाहेक फिनिसिङ्ग कार्य भइरहेको र पौडी पोखरी, व्यावसायिक सटर, गेट निर्माण कार्यको सिभिल स्टकचर कार्य सम्पन्न हुने चरणमा बताए ।

त्यस्तै, फुटबल मैदानमा दुबो लगाई स्तर वृद्धिको कार्य भइरहेको, एथलेटिक्स ट्र्याकको सब बेस र नाली निर्माण कार्य सम्पन्न, रुख रोप्ने, हरियाली गर्ने कार्य भइरहेको सचिव सञ्जालले भने ।

निर्माणाधीन रंगशालाको कार्य तोकिएको समय भित्र सम्पन्न गर्ने गरी तालिका अनुसार नै कार्य प्रगति भएको छ उनले दाबी गरे ।

उक्त रंगशाला निर्माण कार्यमा हालसम्म ६५ करोड ८५ लाख खर्च भएको छ । कर्णालीका अन्य जिल्लाहरूमा पूर्वाधार निर्माण अन्तर्गत जुम्लाको राजा सिम खेलमैदानमा माटो भरान र लेभलिङ गर्ने कार्यमा ५० लाखमा लागतमा निर्माण कार्य सम्पन्न भएको छ ।

साथै, रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा पातिहाल्नामा क्रिकेट खेलमैदानको निर्माण कार्य को लागी ९४ लाख १७ हजार खर्च भएको जनाएको छ ।

यस्तै, ०७९ असोज २८ देखी कात्तिक ३ गतेसम्म पोखरामा सन्चालन भएको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको छनोट प्रशिक्षण र सहभागिता अन्तरगत २ करोड ५० लाख खर्च र खेलकुद प्रतियोगितामा सहभागिता अन्तर्गत २०८० वैशाख १५ गतेदेखि १७ गतेसम्म काठमाण्डौमा सञ्चालन भएको केन्द्रीय १३ औ राष्ट्रपति रनिङसिल्ड प्रतियोगिताको सञ्चालन, प्रशिक्षण र सहभागितामा जम्मा ७० लाख खर्च भएको सचिव सञ्जालले जानकारी दिए ।

खेलाडीलाई प्रोत्साहान पुरस्कार अन्तर्गत नवौँ राष्ट्रिय खेलकुदमा स्वर्ण पदक प्राप्त गर्ने खेलाडीलाई २ लाख रजत पदक प्राप्त गर्ने खेलाडीलाई र १ लाख पचास हजार र कास्य पदक प्राप्त गर्ने खेलाडीलाई १ लाख पुरस्कार प्रदान गरिएको छ ।

त्यसैगर १२ औ केन्द्रीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा स्वर्ण पदक विजेता खेलाडीलाई २० हजार रजत पदकलाई १५ हजार र कास्य पदक विजेता खेलाडीलाई १० हजार पुरस्कार प्रदान गरिएको छ ।

साथै, अन्तर्राष्ट्रिय स्तरका पदक प्राप्त गर्ने खेलाडीलाई पनि पुरस्कृत गरिएको हुँदा जसका लागि २७ लाख ५५ हजार खर्च भएको छ ।

आगामी वर्ष २०८१ मंसिरमा कर्णाली प्रदेशमा आयोजना हुने १०औँ राष्ट्रिय खेलकुद प्रतियोगितामा २ अंकको स्वर्ण पदक सहित उत्कृष्ट खेल प्रदर्शनीको लागी कर्णाली प्रदेश खेलकुद विकास परिषद्को १३औ बोर्ड बैठकले कर्णाली प्रदेशका खेलहरूलाई क, ख र ग श्रेणीमा वर्गीकरण गरी प्रशिक्षण र प्रतियोगिता सन्चालन गर्ने निर्णय गरेको छ ।

यस्तै, क श्रेणीमा एथलेटिक्स, उसु, आइटिफ, कराँते र तेक्वान्दो गरी ५ वटा रहेका छन भने ख श्रेणिमा ७ वटा (वक्सीङ, फुलकन्ट्याकट कराँते, जुडो, हक्की, रग्वी, हेन्डवल र बास्केटवल) त्यसै गरी ग श्रेणिमा १० वटा (कवडी, क्रिकेट, खोखो, व्याडमिन्टन, भलिवल, भारोतलोन, फुटवल, सुटिङ, सेपाताको र पौडी) खेललाई वर्गीकरण गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *