कोशीका मुख्यमन्त्री नियुक्तिविरुद्ध सुनुवाइ हुँदै, अन्तरिम आदेशमार्फत बदर कि संवैधानिक निरूपण ? – Nepal Press

कोशीका मुख्यमन्त्री नियुक्तिविरुद्ध सुनुवाइ हुँदै, अन्तरिम आदेशमार्फत बदर कि संवैधानिक निरूपण ?

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति असंवैधानिक र गैरकानूनी भन्दै परेको रिटमाथि आज सुनुवाइ हुँदै छ ।

सभामुख बाबुराम गौतम समेत प्रस्तावक भएर गरिएको दाबी बमोजिम प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गरेका थिए ।

निवर्तमान मुख्यमन्त्री हिक्मत कार्कीले सभामुख सरकार गठनमा संलग्न हुनु संविधानको धारा १६८ (२) विपरीत रहेको भन्दै सर्वोच्चमा शुक्रवार रिट दायर गरेका थिए ।

कार्कीको रिटमाथि आज न्यायाधीश आनन्द मोहन भट्टराईको एकल इजलासमा सुनुवाइ हुँदै छ । यद्यपि कार्कीको रिट पेशी सूचीको अन्तिमतिर छ । सुनुवाइ भयो भने नियुक्ति बदरका लागि अन्तरिम आदेश दिने वा थप व्याख्याका लागि संवैधानिक इजलासमा पठाउने भन्ने निर्क्यौल आजै हुने सम्भावना छ ।

रिटमा प्रदेश प्रमुख पर्शुराम खापुङ,मुख्यमन्त्री उद्धव थापा र सभामुख बाबुराम गौतमलाई विपक्षी बनाइएको छ ।

कार्कीले असंवैधानिक रूपमा भएको थापाको नियुक्ति बदर गरी धारा १६८ को उपधारा ३ बमोजिम प्रदेश सभाको सबैभन्दा ठूलो दलको नेताको हैसियतमा आफूलाई मुख्यमन्त्री नियुक्तिको लागि परमादेश माग गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर