सम्पन्न हुन नसकेका आयोजनाको बाधा फुकाउ, कस्ताले पाउँछन् मौका ?
काठमाडौं । निर्माण सम्पन्न हुन नसकेका आयोजनाको म्याद थप गर्न पाउने व्यवस्थासहित सरकारले बाधा अड्काउ फुकाउ गरेको छ । सरकारले राजपत्रमा सूचना प्रकाशित गरी म्याद थप गर्न पाउने व्यवस्था गरेहो हो । त्यसका लागि २१ दिनभित्र निवेदन दिनुपर्नेछ ।
सार्वजनिक खरिद नियमावली, २०६४ को नियमअनुसार म्याद थप भई चालू रहेका वा म्याद सकिएका तर खरिद सम्झौता बमोजिमको काम चालू रहेका निर्माण आयोजनाले म्याद थप गर्न पाउने छ ।
बजेट अपुग भएको, निर्माणस्थलको उपलब्धता हुन नसकेको, समयमा भुक्तानी हुन नसकेको, निर्माण सामग्रीको अभाव भएको वा निर्माण स्थलमा प्राकृतिक विपत्ति परेकोलगायतको कारणबाट तोकिएको समयमा काम हुन नसकेका वा काम सम्पन्न हुन सक्ने अवस्था नदेखिएकाको हकमा बाधा अड्काउ परेका अयोजनाले म्याद थप्न पाउने राजपत्रमा उल्लेख छ ।