भ्याली फुटसल च्याम्पियनसिपको उपाधि ललितपुर महानगरलाई – Nepal Press

भ्याली फुटसल च्याम्पियनसिपको उपाधि ललितपुर महानगरलाई

काठमाडाैं । नेकपा एमालेको युवा संगठन राष्ट्रिय युवा संघ नेपालको आयोजनामा भएको भ्याली फुटसल च्याम्पियनसिपको उपाधि ललितपुर महानगरले जितेको छ ।

शनिवार कपनस्थित कपअन स्पोट्स सेन्टरमा भएको फाइनल खेलमा गोकर्णेश्वर नगरपालिकालाई ७–२ गोलअन्तरले पराजित गर्दै ललितपुरले उपाधि जितेको हो ।

उपाधिसँगै ललितपुर महानगरपालिकाले दुई लाख प्राप्त गरेको छ । गोकर्णेश्वरले भने एक लाखमै चित्त बुझायो ।

ललितपुरलाई उपाधि दिलाउन मनिस खड्का एक्लैले ६ गोल गरे । सुयोग थापाको नाममा एक गोल रह्यो । गोकर्णेश्वरका लागि सागर थिङ र सरोज थिङ एक–एक गोल गरे ।

मैदानमा उत्कृष्ठ तालमेल देखाएको गोकर्णेश्वरले पहिलो हाफमा ललितपुरलाई २–२ गोलको बराबरीमा रोकेको थियो । यद्यपि, दोस्रो हाफमा ललितपुरले एकलौटी गोल थप्दै उपाधि जित्यो ।

प्रतियोगिताका विजेता र उपविजेता टोलीका खेलाडी एवं अफिसियलहरुलाई आयोजक राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष क्षितिज थेबे लगायत पदाधिकारीहरूले पुरस्कार वितरण गरेका थिए ।

राष्ट्रिय युवा संघ नेपालले स्वास्थ्य युवा, स्वास्थ्य समाज भन्ने नाराका साथ उपत्यकाका युवाहरुबीच फुटसल प्रतियोगिताको आयोजना गरेको हो ।

राष्ट्रिय युवा संघ नेपालले उपत्यकाका प्रत्येक स्थानीय तहहरूमा आन्तरिक छनोट प्रतियोगिता आयोजना गर्दै प्रतियोगिताका लागि टोली तयार पारेको थियो ।

फाइनल खेलमा उपत्यकाका विभिन्न २१ पालिका टोलीहरूको सहभागिता रहेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *