शीर्ष बैठकको सुरूमै प्रधानमन्त्रीलाई ओलीको सुझाव- तपाईं राजीनामा दिनुस् – Nepal Press

शीर्ष बैठकको सुरूमै प्रधानमन्त्रीलाई ओलीको सुझाव- तपाईं राजीनामा दिनुस्

काठमाडौं । सदनको अवरोध हटाउनका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बोलाएको तीन दलका शीर्ष नेताको बैठकमा एमाले अध्यक्ष ओलीले राजीनामा मागेका छन् ।

प्रधानमन्त्रीले गत सोमबार सरदार प्रितम आफूलाई प्रधानमन्त्री बनाउन पटक-पटक दिल्ली धाएको अभिव्यक्ति दिएपछि एमालेले राजीनामा मागेको थियो ।

आज सिंहदरबारमा तीन नेता सहमतिका लागि छलफलमा जुटे । बैठकको सुरूमा ओलीले प्रधानमन्त्रीलाई राष्ट्रहित अभिव्यक्ति दिएकाले राजीनामा दिन सुझाव दिएको एमालेका प्रमुख सचेतक पदम गिरीले बताए ।

ओलीको भनाई उदृत गर्दै उनले नेपाल प्रेससँग भने, ‘तपाईंको अभिव्यक्ति जनता र मुलुकको हितमा छैनन् । यो गैरजिम्मेवारपूर्ण अभिव्यक्ति हो । त्यसैले तपाईंले राजीनामा दिनुपर्छ । दिनुस् ।’

ओलीले राजीनामा मागेपछि प्रधानमन्त्रीले आज सदनमा आत्मालोचना गर्ने सहमति भएको बताए ।

उनले भने, ‘उहाँहरूले आफ्नो तर्फबाट आत्मालोचना गर्छौं । आफ्नो धारणा राख्छौं । चित्त बुझ्यो भने अघि बढ्छौं । बुझेन भने हाम्रो अडान कायमै छ ।’

बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा पनि सहभागी थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर