११ वर्षीया बालिका बलात्कार आरोपमा युवक पक्राउ
रुपन्देही । बुटवलमा ११ वर्षीया बालिका बलात्कार आरोपमा एक युवा पक्राउ परेका छन् । ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा रुपन्देही बुटवल उपमहानगरपालिका वडा नं ११ बिनापाते बस्ने २१ वर्षीय सुनिल परियारलाई प्रहरीले पक्राउ गरेको छ ।
फरक क्षमताकी ती बालिकालाई उनका बाबु सुतिरहेको मौका छोपी परियारले जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ ।
ती बालिकालाई परियारले शनिबार राती बालिकाकै घरमा जबरजस्ती करणी गरेको उजुरीको आधारमा वडा प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
वडा प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक अर्जुन पौडेलले बालिका कराएपछि ब्युंझिए लगत्तै परियार फरार भएकोमा प्रहरीले खोजी गरी पक्राउ गरेको बताए । घटनाको अनुसन्धान भइरहेको छ ।